विनायकमा सेनेटरी सेफ्टी प्याड निर्माणसम्बन्धी तालिम
मंसिर २२, २०८०, शुक्रबार | विहान ११:४४ बजे | 50
मध्यपुर ठिमी भक्तपुर
शिक्षा व्यावहारिक हुनुपर्छ, जीवनोपयोगी हुनुपर्छ अनि सार्थक शिक्षाले मात्र विद्यार्थीहरुलाई सही दिशा प्रदान गर्दछ भन्ने विचारलाई आत्मसात गर्दै प्रगतिशील शिक्षामा जोड दिइरहेको मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही मङ्सिर २२ गते सेनेटरी प्याड निर्माण सम्बन्धी तालिमको आयोजना गर्यो। विश्व महिनावारी दिवसको पुनित अवसरमा मध्यपुर रोट्रयाक्ट क्लबकाेसहयाेग तथा विनायक इन्टरयाक्ट क्लबकाे सहआयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा आठ र ९ मा अध्ययनरत छात्राहरूले महिनावारीका समयमा लगाइने पुनर्प्रयोग गर्न मिल्ने सेनेटरी सेफ्टी प्याड कसरी बनाउने भन्ने विषयमा ज्ञान हासिल गर्न सफल भएका थिए। विद्यार्थीहरुलाई चेतना जगाउने उद्देश्यले आयोजित उक्त तालिममा विद्यार्थीहरु आफैले आफूलाई चाहिने सेनेटरी प्याडहरु निर्माण गर्न सिकेका थिए । मध्यपुर रोट्रयाक्ट क्लबका अध्यक्ष मनिष प्रजापति र प्रशिक्षक दिना राजवाहक तथा मध्यपुर रोट्रयाक्ट क्लवका सदस्यहरूको उपस्थितिमा बाेल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समयको मागअनुसारको सीपमूलक र व्यावहारिक तथा प्रगतिशील शिक्षा आजको माग भएकोले विद्यालयले यस्ता प्रकारका ज्ञान ,सिप र क्षमता अभिवृद्धि गर्ने व्यावहारिक तथा प्रयोगात्मक शिक्षामा स्थापनाकालदेखि नै जोड दिदै आएको कुरा जानकारी गराउनुभयो। शिक्षिका गीता प्रजापति र सरला प्रधानले संयोजन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...