युद्धमा संघर्षको आवाज उठाआंै विश्वका न्यायपै्रमीहरु
मंसिर २०, २०८०, बुधबार | विहान ०६:०६ बजे | 55
रामकृष्ण प्रजापति
युद्ध र संघर्षको बीचमा
जीउँदै मार्छ बाकी रहन्छ सपनाहरु ।
मिचेको देश र स्वाधिनताको बीचमा
भई रहन्छ प्यालेष्टाइनको संघर्षहरु ।।
जैतुनको बगैचा र मरुभूमिको देशमा
बोल्न सक्दैनन् व्यथाका कथाहरु ।
आक्रमणले भएको धेरैको हत्यामा
आत्म सर्मपण गर्दैनन् प्यालेष्टानी शीरहरु ।।
गाजाको किनारदेखि वेस्टबैंकको पहाडमा
शान्तिको निम्ति आउने शुभकामनाहरु ।
सार्वभौमिकतासंगै जीउने मर्ने बाचाहरुमा
अन्याय विरुद्ध संघर्ष गर्ने प्यालेष्टाइनीहरु ।।
हसिलो बालबालिकाको बन्द मुस्कानमा
सबैतिर बमबारी र गोलाबारीहरु ।
सपनाको अकासमा उड्ने चराचुरिङ्गीमा
खोजिरहेको छ स्वाधिनता युद्धमा बालकहरु ।।
एउटा कथा स्वतन्त्रताको शरणार्थी शिविरमा
शोषितहरुको मुक्तिमा नयाँ पुस्ताहरु ।
फर्काउन हक अधिकार मरिरहेको इच्छाहरुमा
देश जोगाउन कहिल्यै नथाक्ने प्यालेष्टाइनीहरु ।।
अवाज उठाऔं विद्रोहको विचमा
खुल्ला आकाशमा मागि रहेको छ न्यायहरु ।
एकजुत हुने आवाज टाढा टाढाको बीचमा
प्यालेष्टाइनीहरुको संघर्षमा साथ दिने मानवताहरु ।।
शान्ति हुनुपर्छ एकसाथ मनमष्टिष्कमा
न्यायको निम्ति संघर्ष गर्ने प्यालेष्टाइनीहरु ।
स्वतन्त्रताको झण्डा नफहराएसम्म प्यालेष्टाइनमा
युद्धमा संघर्षको आवाज उठाऔं विश्वका न्यायपै्रमीहरु ।।