उद्यमशीलताको लागि छानिएका विद्यार्थीहरुसग अन्तक्र्रिया


मंसिर १९, २०८०, मङ्गलबार | विहान ११:५० बजे | 20


उद्यमशीलताको लागि छानिएका विद्यार्थीहरुसग अन्तक्र्रिया

भक्तपुर । वागीश्वरी कलेज, तुमचो कमलविनायकमा उद्यमशीलता विकास कार्यक्रमबारे एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । विश्वविद्यालय अनुदान आयोग र वागीश्वरी कलेजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उद्यमशीलताको लागि छानिएका विद्यार्थीहरुस“ग आयोगका विज्ञहरुले अन्तक्र्रिया गर्नुभएको थियो ।
कार्यक्रममा आयोगको अनुसन्धान तथा छात्रवृत्ति विभागका प्रा.डा. लालप्रसाद आमगार्इंले देशको युवा जनशक्ति विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्दै विदेशमा एक नेपालीले अर्को नेपालीलाई गोली हानाहान गरी मारिरहेको युक्रेन–रुस युद्धको चर्चा गर्नुभयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आफू डीन भई कार्य गर्दाका विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल जा“दा १० जना होनहार युवाहरुले ज्यान गुमाएको पीडा पोख्दै उहा“ले अब नेपाली युवाले नेपालमै उद्यम गर्न लगाउन आयोगले यो कार्यक्रम ल्याएको बताउनुभयो । 
आयोगको उद्यमशीलता विकास कार्यक्रमको क्रममा सबभन्दा पहिले वागीश्वरी कलेजबाटै काम थालेको हु“दा अरूको निम्ति यो प्रेरणादायी हुनुपर्ने भाव व्यक्त गर्दै उहा“ले हरेक नेपाली युवामा अब देशभक्ति भावना जाग्नुपर्ने र यही आÇनो उज्ज्वल भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा प्रा.डा. मोहन अर्यालले कक्षा कोठाको पाठसित उद्यमशीलता जोड्ने प्रयास भइरहेको चर्चा गर्दै सङ्कटमा अवसर खोज्न नया“ पुस्ता सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । अनेक असफलताहरुको अनुभवबाट खारिएरै सफलता हात लाग्ने चर्चा गर्दै उहा“ले नया“ पुस्ताको जोश जा“गर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि जानुपर्ने बताउनुभयो । 
त्यस्तै आयोगका पूर्वनिर्देशक एवं विज्ञ डा. प्रमोद पौडेलले विद्यार्थीलाई विनाधितो र विना ब्याज आयोगले कलेज मार्फत बिउपू“जी दिई पढ्दै कमाउने अवसर पूजी दिन लागेको उल्लेख गर्दै विदेशि रहेको युवा पलायनलाई सकेसम्म रोक्ने प्रयास गर्न लागेको बताउनुभयो । युवा पुस्ता डराएर नभई आत्मविश्वासका साथ अघि बढ्न हौस्याउ“दै यहा“ले ५ लाख देखि ४० लाखसम्मको पू“जीमध्ये पा“च वर्षमा आÇनो ४० प्रतिशत र आयोगको ६० प्रतिशत लगानी हुने र पा“च वर्षपछि उक्त पू“जी कलेजमै तिरी नया“ विद्यार्थीलाई प“ूजी लगानी गर्न लगाउने हुनुपर्छ भन्नुभयो ।
उद्यमशीलतामा छानिएका विद्यार्थीहरुद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिका साथै प्रस्ताव पेश गरेका अन्य विद्यार्थीहरुसित दोहोरो छलफल गएको उक्त कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कलेज व्यवस्थापन समितिका सदस्य एवं वागीश्वरी मा.वि.का प्र.अ कृष्णप्रसाद धन्छाले धन्यवादसहित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

उद्यमशीलताको लागि छानिएका विद्यार्थीहरुसग अन्तक्र्रिया

Comments