परीक्षा समितिका पदाधिकारीहरुद्वारा पद तथा गोपनीयताको पथग्रहण
मंसिर १८, २०८०, सोमबार | विहान १०:५४ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवगठित नगर परीक्षा समितिका पदाधिकारीहरुलाई आज एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।
यसअघि भक्तपुर नगरपालिका क्षेत्रभित्र शैक्षिक सत्र २०८० मा सञ्चालन हुने कक्षा ५ को वार्षिक परीक्षा, कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा २०८० र कक्षा १० को एसईई तयारी परीक्षा २०८० को परीक्षा सञ्चालन, समन्वय तथा आवश्यक व्यवस्थाप गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा ९ सदस्यीय परीक्षा समिति गठन भएको थियो । परीक्षा समितिमा भक्तपुर नपाका जनप्रतिनिधि, सामूहिक परीक्षा समितिका प्रतिनिधि, संयुक्त परीक्षा समितिका प्रतिनिधि, ब्याब्सन, एनप्याब्सन र इसानका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको छ ।