जनता सहकारीको १५ औं वार्षिक साधारणसभा


मंसिर १७, २०८०, आइतबार | दिउँसो ०३:२१ बजे | 25


जनता सहकारीको १५ औं वार्षिक साधारणसभा

चित्रपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट चित्रपुर स्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै सहकारीविद् कैलाशभक्त प्रधानाáले समुदायमा आधारित जनता सहकारीका सञ्चालकले आफ्नो सम्पत्ति सार्वजनिक गर्नु नपर्ने तर्क गर्नुभयो । नेफ्स्कुनका पूर्व अध्यक्ष समेत रहेका प्रमुख अतिथि प्रधानाáले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, संस्कृति एवं कृषिको क्षेत्रमा नीति, विधि र प्रविधिमा आधारित जनता साकोसका कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि सूर्यविनायक नपा वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपाने, सूर्यविनायक नगरपालिका सहकारी शाखा प्रमुख कल्पना श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक ठिमी शाखा प्रमुख सीता भ¤राई, गाम्चा साकोसका अध्यक्ष विकास खड्का, जिल्ला बचत संघ भक्तपुरका संचालक पञ्चकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले धेरै ब्याजको लोभमा जथाभावी बचत गर्दा साँवा पनि गुम्ने भएकोले समूदायमा आधारित स्थानीय सञ्चालक भएको सहकारीमा मात्रै कारोवार गर्नुपर्नेमा जोड दिदैं शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्राज्ञीक समाज दधिकोटका अध्यक्ष राजन विष्ट, जनता साकोसका सल्लाहकार अनिलकुमार श्रेष्ठ लगायतले पनि शुभकामना व्यक्त गर्नू भएको थियो । संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले सहकारीका सिद्धानत अनि मूल्य मान्यता अनुसार नै जेष्ठ शेयर सदस्यलाई उपहार सहित सम्मान गर्दै आएको जानकारी दिदैं सहकारीले आफ्नै जग्गामा भवन निर्माण गरेको बताउनु भयो । अध्यक्ष राजथलाले संस्थाले सामाजिक जनउत्तरदायित्व अन्तर्गत शिक्षा सम्मान, स्वास्थ्य शिविर, सीप विकास तालिमदेखि संस्कृति संरक्षणका कार्यलाई पनि निरन्तरता दिएको बताउनु भयो । युवा नेतृ आस्था बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेन्द्र राजथलाले जनता साकोसको छोटो गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव राजु प्रजापतिले संस्थाको आ.व. २०७९=०८० वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै शेयर सदस्य ३ हजार २ सय ४९ जना र ४७ लाख ३० हजार ५ सय ७६ रुपैंया खुद नाफा भएको जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष कृष्णगोपाल राजथलाले आ.व.२०७९=०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २२ करोड २३ लाख ६८ हजार ४ सय ९० रुपैंया बचत संकलन गरेको जानकारी दिनुभयो । लेखा संयोजक सानुकान्छा राजथलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवदेन पेश गर्नु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सहकारीविद् कैलाशभक्त प्रधानाáलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । संस्थाद्धारा आयोजित रक्तदानमा हाल सम्म पाँच पटक भन्दा बढि रक्तदान गर्ने संस्थाका उपाध्यक्ष महेन्द्र राजथला, सचिव राजु प्रजापति लगायतलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा गतवर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका संस्थागत र सामुदायिक विद्यालयका शेयर सदस्यका छोरा छोरीलाई पनि नगद सहित सम्मान गरिएको थियो । सुविनपा ४ का ५ वटा महिला समूहलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा बाल चेतन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । नेपाल जेष्ठ नागरिक संस्थालाई १४ हजारको चेक प्रदान गरिएको उक्त कार्यक्रममा अखण्ड सेवा समिति चित्रपुरलाई सामाजिक कार्य गरेबापत सम्मान गरिएको थियो । मानव कल्याण सेवा नलिन चोक भक्तपुरस्थित घर लाई नगद ११ हजार ७ सय ५५ सहित भिक्सचर प्रदान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारीदेखि २८५ जेष्ठ शेयर सदस्य र एकल महिलाहरुलाई उपहार सहित सम्मान गरिएको थियो । यचु पार्टी भेन्यु नयाँठिमीमा भएको कार्यक्रममा उत्कृष्ट कर्मचारी समिता प्रजापतिलाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्यहरुले बाद्यबादन सहित भजन प्रस्तुत गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

जनता सहकारीको १५ औं वार्षिक साधारणसभा
जनता सहकारीको १५ औं वार्षिक साधारणसभा

Comments