भक्तपुर चेम्वरको अध्यक्षमा कविदास (कार्यसमितिको नामावलीसहित)


मंसिर १७, २०८०, आइतबार | दिउँसो ०२:३९ बजे | 60


भक्तपुर चेम्वरको अध्यक्षमा कविदास (कार्यसमितिको नामावलीसहित)

भक्तपुर । भक्तपुर चेम्वर अफ कमर्सको अध्यक्षमा कविदास धौबजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको आइतबार भक्तपुरमा सम्पन्न छैठौं वार्षिक सधारणसभा तथा तेश्रो अधिवेशनबाट कविदास स्वत अध्यक्ष भएका हुन् । चेम्वरको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । 
अधिवेशनले बाँंकी पदहरुमा पनि सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा एसोसिएटतर्फ जगतबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । अरु उपाध्यक्षहरु एउटा नगरबाट एकएकजना निर्वाचित हुने विधान अनुसार जिल्लाका चार वटा नगरपालिकाहरुबाट चार जना उपाध्यक्ष निर्वाचित भएका छन् । भक्तपुरबाट राधेसुन्दर साँंयजू, मध्यपुर थिमिबाट चन्द्रभक्त श्रेष्ठ, चाँंगुनारायणबाट गोकुलप्रसाद प्रजापति र सूर्यविनायकबाट माधबप्रसाद प्रजापति चुनिएका छन् । जिल्ला समितिका यी उपाध्यक्षहरु आआफनो नगरका अध्यक्ष रहेका हुन्छन् । 
नवनिर्वाचित समितिको महासचिवमा ज्ञानेन्द्र मानन्धर निर्वाचित भए । कोषाध्यक्षमा सुरेन्द्र जाकिबञ्जार चुनिए । सदस्यहरुमा अष्टबज्र बज्राचार्य, विजय हाछेथू, न्हुछेराम धुख्वा, पशुपति भुषाल, जीवन मारिखू, विक्रम प्रजापति, नानीबाबु थापा र कुलदीप जिसी निर्वाचित भए । बाँंकी चार सदस्य मनोनित हुने जनाइएको छ । 
यसअघि समितिको अध्यक्षमा न्हुछेंरत्न मानन्धर अध्यक्ष रहेका थिए । उनी जिल्ला समितिको संस्थापक अध्यक्ष पनि हुन् । उनले दुई कार्यकाल सम्हालिसकेका छन् । चेम्वरको विधान अनुसार दुई कार्यकाल भन्दा वढी समय एकैजना अध्यक्ष रहन पाइँदैन । विधान अनुसार नयाँं अध्यक्ष चुनिएका हुन् । यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले उदघाटन गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर चेम्वरको अध्यक्षमा कविदास (कार्यसमितिको नामावलीसहित)

Comments