सिमित सिटका लागि विद्यार्थी भर्ना लिंदै नेक
मंसिर १७, २०८०, आइतबार | विहान ०७:२२ बजे | 10
भक्तपुर । के तपाई इन्जिनियरिङ पढने योजनामा हुनुहुन्छ र अहिलेसम्म भर्ना हुन पाउनुभएको छैन ? यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ, नेपाल इन्जिनियरिड कलेज (नेक) । यो भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा पर्दछ । यहाँं विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरी अन द स्पट इन्ट्रान्स इक्जाम लिंदै, भर्ना गर्ने काम भइरहेको छ ।
कलेजले १२ कक्षा पास गरेका विद्यार्थीहरूलाई इन्जिनियरिङका विभिन्न विषयहरूमा अध्ययन गर्न मौका प्रदान गरिरहेको छ, त्यो पनि सिमित सिटमा सिमित समयका लागि मात्रै । कलेजले गत भदौमा पहिलो प्रवेश परीक्षा सञ्चालन गर्दा नै विद्यार्थीहरूको आकर्षण थियो । अन्यत्र इन्जिनियरिङ कलेजहरूले सिट संख्याअनुसार विद्यार्थी नपाउँदा नेकमा भने भर्ना हुन चाहने विद्यार्थीको लस्कर थियो । केही विषयहरूमा सिट खाली रहेका कारण पुनः प्रवेश परीक्षा चलाउँदै विद्यार्थीहरूलाई भर्ना हुने अवसर दिइएको कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनाए । भर्ना हुन योग्यता पुगेका विद्यार्थीका लागि अहिले अन द स्पट इन्ट्रान्स इक्जाम लिंदै, भर्ना गर्ने सुविधा रहेको छ ।
कलेजले स्नातक तहमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, आर्किटेक्चर तथा सिभिल फर डिप्लोमा होल्डर्सका लागि भर्ना चलिरहेको छ । यीमध्ये केही सिटमा मात्रै कोटा बाँंकी रहेको हो ।
आकर्षक छात्रवृत्ति
उल्लेखित विषयमा भर्ना हुन चाहने विद्यार्थीलाई आकर्षक छात्रवृत्तिको व्यवस्था छ । प्रवेश परीक्षामा कलेजले दिने प्रादेशिक छात्रवृत्तिको समावेश छ । कलेजले विषय अनुसार १० देखि ५० प्रतिशतसम्म शुल्क छुट गरेको छ ।
पूर्णकालीन प्राध्यापकहरूको ब्यवस्था
शहरी कोलाहलबाट टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित कलेजमा पूर्णकालीन शिक्षकहरू रहेकाले विद्यार्थीले शिक्षकसँग विषयगत विषयमा जुनसुकै समयमा जिज्ञासा राख्ने, सल्लाह लिने गर्न पाउनु कलेजको विशेषता हो । यहाँ ९० प्रतिशत बढी शिक्षकहरू पूर्णकालीन रहेका छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलले २०६१ सालदेखि लगातार यस कलेजलाई स्थायी प्रमाणपत्र दिएकाले पनि यो कलेजको प्राज्ञिक क्षमता अब्बल रहेको प्रमाणित हुने कलेजका भर्ना कार्यक्रमको कोअर्डिनेटर एसोसिएट प्रोफेसर सञ्जय कवांले बताए । काउन्सिलले हरेक वर्ष इन्जिनियरिङ कलेजहरूको भौतिक रुपमा शैक्षिक, आर्थिक, प्रशासनिक तथा पूर्वाधारहरूको अनुगमन गरी स्थायी÷अस्थायी प्रमाणपत्र दिने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजले मात्र स्थायी अनुमति प्राप्त गरेको छ ।