भक्तपुर, ललितपुर र उपत्यका बन पैदावार साधारणसभा र अधिवेशन सम्पन्न ः हुवर फर्मुला हटाइ क्वाटरगर्थ फर्मुला नै लागू गर्न जोड

मंसिर १६, २०८०, शनिबार | दिउँसो १२:१७ बजे | 30

भक्तपुर, ललितपुर र उपत्यका बन पैदावार साधारणसभा र अधिवेशन सम्पन्न ः हुवर फर्मुला हटाइ क्वाटरगर्थ फर्मुला नै लागू गर्न जोड

भक्तपुर, १६ मंसिर– भक्तपुर बन पैदावार उद्योग व्यवसायी संघ, ललितपुर बन पैदावार उद्योग व्यवसायी संघ र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ उपत्यका विशेष समितिको छुट्टाछुट्टै साधारणसभा तथा अधिवेशन भक्तपुर गेष्ट हाउस, चुनदेवीमा शनिवार सम्पन्न भएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ उपत्यका विशेष समितिको छैटौं साधारणसभा र तेस्रो अधिवेशनको उद्घाटन गर्दै वागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले जनसमुदायले सस्तो, सजिलो विदेशी सामग्रीतिर लागेकै कारण काठ व्यवसायीलाई समस्या आएको स्पष्ट पार्दै समस्याको समाधानका उपाय पेश गर्नुपर्ने बताउनुभयो । उहाँले जनसमुदाय विदेश पलायन भएकोप्रति चिन्ता व्यक्त गर्दै देशमै उत्पादन, उद्योग व्यापार गर्न प्रोत्साहन गर्नुपर्नेमा सरकारबाटै ठोस नीति ल्याउन जोड दिनुपर्ने बताउनुभयो ।
हुवर फरमूला हटाइ क्वाटरगर्थ फरमूला नै लागू गर्न दिएको सुझावलाई सरकारले मनन गर्ने बताउँदै हरेक समस्याको समाधान रहने बताउनुभयो ।
उपत्यका विशेष समितिका अध्यक्ष राजकुमार मल्लको सभापतिको भएको उक्त कार्यक्रममा महासंघका अध्यक्ष मन्जिल बाबु मास्के, डिभिजन वन कार्यालय, काठमाडौंका अधिकृत दिर्घनारायण कोइराला, सल्लाहकार बालकृष्ण सिवाकोटीलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिबाट लामो समयदेखि योगदान गर्दै गरेका व्यवसायीलाई सम्मान गरेको छ । सम्मान पाउनेहरुमा काठमाडौंबाट न्यू वनदेवी काष्ठ उद्योगका शिवहरि ढुंगाना र पी काष्ठ उद्योगका कृष्ण बहादुर गुरुङ, ललितपुर जिल्लाबाट डिजाइन फर्निचर उद्योगका पुष्परत्न बराई र त्रिपुरासुन्दरी काष्ठ उद्योगको शिव प्रसाद सितौला र भक्तपुर जिल्लाबाट प्रेरणा काष्ठ उद्योगका सूर्य बहादुर खड्का र गणेश काष्ठ उद्योगका इन्द्र प्रजापति रहेका छन् ।
त्यस्तै भक्तपुर वन पैदावारको १९औं र २० औं साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल वन पैदावार संघका अध्यक्ष मन्जिल बाबु मास्केले व्यवसायमैत्री नियमावलीको आशालाई निराशामा परिणत गरेकोप्रति दुःख व्यक्त गर्दै काठको मूल्य मापनमा सुधार ल्याउन सरकारले हुवर फरमूला हटाइ क्वाटरगर्थ फरमूला नै लागू गर्न जोड दिनुभयो । उहाँले विदेशी काठ र काठका वैकल्पिक सामानलाई बढी महत्व दिएकाले व्यवसायीमा समस्या ल्याएको बताउनुभयो । साथै उहाँले काठ मापनको फरमूलामा परिवर्तन नल्याएसम्म व्यवसायीले निरन्तरता दिन नसकिने बताउनुभयो ।
अनिल सिवाकोटीको सभापतित्वमा भएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालय भक्तपुरका अधिकृत विश्व कोइ््राला, महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश राज रेग्मी, महासंघका प्रथम उपाध्यक्ष भुपेन्द्र चौलागाई, महासंघ उपत्यका विशेष समितिका अध्यक्ष राजकुमार मल्ल, वागमती प्रदेशका अध्यक्ष रवीन्द्र वैदार, काभ्रे वन पैदावारका अध्यक्ष प्रेम लामा, महासंघका द्धितीय उपाध्यक्ष  तथा संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार राजेन्द्र प्रसाद प्रजापति लगायतले शुभकामना दिनुभएको  िथयो । कार्यक्रममा संघका सचिव सूर्यराम प्रजापतिले सञ्चालन गरेको थियो ।
त्यस्तै वन पैदावार उद्योग व्यवसायी संघ ललितपुरको १४औं साधारणसभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष मन्जिल बाबु मास्केले दिगो वन कार्यविधिमै परिवर्तन आवश्यक भएको बताउनुभयो । अन्य आयातित वस्तु विस्थापन गरी स्वदेशी उत्पादन नै प्रयोग गर्न व्यवसायीले योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय ललितपुरका अधिकृत राम कुमार भण्डारी, महासचिव माधवमणि हुमागाई, सल्लाहकार पुष्परत्न बराई, वागमती प्रदेशका रवीन्द्र बैदारलगायतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा सचिव  र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । संघका अध्यक्ष राजबहादुर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा १७ लाख ७ हजार २ सय ३७ रुपैयाँको वासलात प्रस्तुत गरेको थियो । 
तस्वीरहरु विकुराम तजलेबाट 

फाेटाेमा हेर्नुहाेस्...

Comments