डल्ला साबुन बनाउने तालिम सम्पन्न


मंसिर १६, २०८०, शनिबार | विहान ११:३७ बजे | 45


डल्ला साबुन बनाउने तालिम सम्पन्न

सुकुन्दा साकोसको महिला उपसमितिको आयोजनामा एक दिने  डल्ला साबुन बनाउने तालिम संस्थाको सभा कक्षामा सम्पन्न भयो। ३९ जना महिला सदस्यहरुको उपस्थितिमा महिला रोजगारी र क्षमता अभिबृदिका लागि तालिमले घरायसी र ब्यवसायिक उत्पादन समेत गर्ने उदेश्य रहेको कुरा संस्थाका अध्यक्ष सानुकाजी त्वानावासुले जानकारी गर्नुभयो।
थोरै लागनीमा पनि उत्पादन गर्न सकिने यस तालिमले दैनिक घरायसी कार्यमा हुने खर्चलाई घताई बचत समेत गर्न सकिने र फुर्सदको समयको सदुपयोग हुने कुरा तालिमा सहभागी संगीता प्रजापतिले खुसी व्यक्त भयो।
उक्त तालिमका संयोजक निर्जला प्रजापतिले तालिम पश्चात् ब्यवसायिक रुपमा साबुन उत्पादन गर्न चाहनेहरुका लागि सहुलियत दरमा ऋण समेत प्रदान गर्ने जानकारी दिनुभयो।

फाेटाेमा हेर्नुहाेस्...

डल्ला साबुन बनाउने तालिम सम्पन्न

Comments