देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्द


मंसिर १६, २०८०, शनिबार | विहान ०७:५४ बजे | 70


देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्द

भक्तपुर । वागीश्वरी कलेज, तुमचो कमलविनायकको एघारौं कलेज सभा एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहा“ले कलेजको विधानअनुसार कलेजको सबभन्दा माथिल्लो निकाय कलेजसभा भएको उल्लेख गर्दै सभा सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्दको अवस्था पनि वागीश्वरी कलेजमा अझै १२०६ जना विद्यार्थी अध्ययनत रहेको प्रतिवेदन पढ्न पाउ“दा खुसी लागेको बताउ“दै उहा“ले हरेक प्रतिकूल परिस्थितिसित जो जुध्न सक्छ उही मात्र समयस“गै अघि बढ्न सक्छ भन्नुभयो । उहा“ले भन्नुभयो – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समयमै ‘एक घर एक स्नातक’को नारा उठाउनु बेलैमा कलेजले जग्गा खरिद गर्नु, भवन निर्माण गर्नुलगायतका कामहरु समयअनुसार नै चालेका कदमहरु हुन् । यसले वागीश्वरीलाई अगाडि बढ्न धेरै मद्दत पु¥यायो । त्यसैले समयलाई सबैभन्दा बलबान भनिएको हो ।’
वागीश्वरीले पाठ्यपुस्तक र परीक्षामा मात्र उत्कृष्टता हासिल गर्ने नभई यहा“का हरेक विद्यार्थीलाई उतिकै असल र देशभक्त नागरिक बनाउन पनि सक्नुपर्ने आवश्यकतालाई जोड दि“दै उहा“ले मिहिनेत परिश्रम गरेर सिक्ने संस्कार बसाल्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

देशको युवा जनशक्ति बिदेसिनु समस्याको समाधान होइन भन्दै उहा“ले नेपाली युवालाई नेपालमै भविष्य खोज्न उत्साहित गर्नुपर्ने बताउनु भयो । 
देशको शिक्षा क्षेत्र बिग्रनुमा यहा“का उच्च अधिकारीहरु जिम्मेवार रहेको कुरा वागीश्वरीले बेलैमा  विभिन्न विषयअध्यापनको लागि सम्वन्धन माग्दा सम्बन्धन दिन नमानेको बरु पदमा रहेको व्यक्तिबाटै निराशा व्यक्त भएको चर्चा गर्दै उहा“ले त्रिभुवन विश्विद्यालयका उपकुलपतिस“ग पछिल्लो समयमा भएको भेटघाटबारे जाकारी दिनुभयो ।
विश्वविद्यालयअनुसार आयोगबाट वागीश्वरीलाई अब क्यु.ए.ए. पाउने अपेक्षा गर्दै उहा“ले वागीश्वरीको अनुभव अरुलाई पनि काम लाग्ने बताउनुभयो । 
सभामा वागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको आर्थिक शैक्षिकलगायतको अवस्था मात्र नभई अन्तर्राष्ट्रिय परिस्थिति पनि उतिकै खराब अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै उहा“ले यस्तो बेलामा देशका बुद्धिजीवीहरु मौन रहनु बौद्धिक दरिद्रताको प्रदर्शन हो भन्नुभयो । 
संसारभरका शान्तिप्रेमी युद्ध विराधी जनता प्यालेस्टाइनमाथि अमेरिकाको सहयोगमा इरायलले गरिरहेको आक्रमणको विरोधमा उठिरहेको बेलामा यहा“का बुद्धिजीवीहरु, शासक र प्रतिपक्ष दलका नेताहरु फुटकर विषयमा समय खर्चिरहेको बताउनुभयो । 
गणतन्त्रको विरुद्ध राजतन्त्र पुनस्थापनाको विषय जबरजस्ती उठाई नेपाली जनतालाई विषयान्तर गर्न खोजिएको बेलामा नेपाल मजदुर किसान पार्टीले युद्धविरोधी संसारको आवाजमा आवाज थप्न ललितपुरमा युद्धविराधी जुलुस गरेको सन्दर्भ कोट्याउनुभयो । 
प्यालेस्टिनी आम बालबच्चा र महिलाहरुको हत्या भइरहेको अवस्थामा सामाजिक न्यायको लागि पनि प्राध्यापक, शिक्षक विद्यार्थी सबैले आवाज उठाउनुपर्नेमा उहा“ले जोड दिनुभयो । 
कलेज सभा सदस्य , पूर्व विद्यार्थी एवं वागमती प्रदेश सभा सदस्य सिर्जना सैजुले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्पुस्तकमा मात्र सीमित गरेर असल र योग्य नागरिक बनाउन नसकिने आÇनो अनुभव सुनाउ“दै सं.रा. अमेरिका सिङ्गो संसारलाई आÇनो नियन्त्रणमा राख्न अनेक प्रपञ्च गरिरहेको क्रा पाठ्यपुस्तकमा पाइ“दैन भन्नुभयो ।
कुनै बेला बेलायत महाशक्ति थियो, त्यसपछि रुस महाशक्ति भएर उडायो, अहिले चीन महाशक्ति रुपमा उडाउ“दै छ भन्दै उहा“ले अमेरिका रुसलाई रोक्न युक्रेन युद्ध उचाल्दै छ भने मध्यपूर्वको इन्धन हात पार्न इजरायललाई उचालेर युद्ध भडकाउ“दै छ, यसप्रति हामी सचेत हुनै पर्छ भन्नुभयो । 
नेपालको अर्थतन्त्र भारत निर्भर हुनु उतिकै खतरा हो भन्दै उहा“ले देश उत्पादन शून्यको स्थितिमा पुग्न शासकहरुको गलत नीति र अकर्मण्यताको परिणाम हो , यसलाई विद्यार्थीसम्म प्रष्टयाउनुपर्ने दायित्व प्राध्यापकहरुको हो भन्नुभयो । 
सभामा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले देशको बौद्धिक एवं युवा जनशक्ति विदेश पलायन हुनु साह्रै चिन्ताको विषय हो भन्दै उहा“ले त्यसलाई रोक्न यहा“ पनि  ‘लर्न एण्ड अर्न’ (पढ्दै कमाउ“दै)को नीति लागु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजमा विद्यार्थीहरु स्थानीय विभिन्न विषयमा अनुसन्धानमा लगाउन सके यहा“को आवश्यकता बोध हुनुका साथै विद्यार्थीहरुमा व्यावहारिक ज्ञान हुनेमा जोड दिनुभयो । 
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिबेदन ( शैक्षिक , आर्थिक र भौतिक ) प्रस्तुत गर्नुभएको थियो भने सभाले प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो । 
सभामा क्युएए सम्बन्धी स्वअध्ययन समूहका संयोजक विनोद प्रजापतिले क्युएएबारे हालसम्म भएका गतिविधिबारे जानकारी दिनुभएको थियो । सभामा परीक्षा संयोजक विकल प्रजापतिले पनि बोल्नुभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्द

Comments