डा. सत्यमोहन जोशीको पुस्तकमा मेरो एक विहंगम दृष्टि
मंसिर १५, २०८०, शुक्रबार | विहान ०८:३९ बजे | 40
डा इन्दुल केसी
शुभारम्भ
शताब्दी पुरुष डा. सत्यमोहन जोशी १०३ वर्षको दीर्घायु जीवनपछि स्वर्गारोहण हुनुभइसकेको छ । उहाँ नेपालका एक होनहार, बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ । उहाँले विभिन्न विषयका विभिन्न विद्यामा धेरै पुस्तकहरु लेख्नुभएको छ । उहाँले लेख्नुभएको एउटा किताबबारे यो मेरो लेख केन्द्रित छ ।
काठमाडौं विश्वविद्यालय कन्पm्युसियस इन्स्टिच्युटले २०७८ सालमा प्रकाशित १२३ पृष्ठको ‘माओ त्से तुङका कविताः टिप्पणी र विवेचना’ डा. सत्यमोहन जोशीज्यूद्वारा अनुवादित पुस्तक हो । यस पुस्तकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूले आफ्नो शुभकामना मन्तव्यमा लेख्नुहुन्छ, “नेपाली भाषी पाठकलाई चिनियाँ साहित्यको रसास्वादन गराउन तथा नेपाली र चिनियाँ साहित्यकाबीच रहेको समानता र असमानता विषयमा जानकारी दिन यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
उक्त विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुबोध शर्मा भन्नुहुन्छ, “यस पुस्तकले चिनियाँ साहित्य बुझ्न चाहने नेपाली पाठकलाई राम्रो खुराक प्रदान गरेको छ । डा. सत्यमोहन जोशीले माओ त्से तुङका कविताहरु चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गरी तिनको टिप्पणी र विवेचनासमेत गरेर तयार पार्नुभएको हो ।”
पुस्तकका अनुवादक लेखक स्वयम् डा. सत्यमोहन जोशीज्यूले यो पुस्तकको भूमिकामा लेख्नुहुन्छ, “नेपाल र चीनको सम्बन्ध विश्वको सर्वोच्च हिमाल जतिकै पुरानो छ । नेपाल र चीनको मित्रता प्रागैतिहासिक कालदेखि सुरु हुन्छ । अनि नेपाल र चीनको साँस्कृतिक आदानप्रदानको जानकारी यस पुस्तकले पनि दिनेछ भन्ने मेरो धारणा छ, साथै यस पुस्तकले नेपाली पाठकहरुलाई चिनियाँ काव्यको रसास्वादन गराउनेछ भन्ने दृढ विश्वास पनि छ ।”
अनुवाद साहित्य
यो पुस्तक चिनियाँ भाषाको नेपाली भाषामा अनुवाद भएकोले अनुवाद साहित्यको बारे पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै होला भन्ने थानँे । खास गरी अनुवादले एउटा पूलको काम गर्दछ, जसको माध्यमले हामी विश्वका विभिन्न स्थानमा रहेका मानवहरुको बीच सम्बन्ध जोड्दछ । संसारमा भाषिक, साहित्यिक, साँस्कृतिक एकता र समृद्धि गर्न अनुवाद साहित्यको महत्वपूर्ण स्थान छ । कुनैपनि भाषाको साहित्यलाई विश्वव्यापी बनाउने काम अनुवाद कार्यले नै गर्दछ । अनुवाद एक कठिन र चुनौतिपूर्ण कार्य हो । नेपालको विभिन्न भाषाहरुको साहित्यका विभिन्न विधाका काव्य, कविता, गीत, गजल, मुक्तकहरु, कथा, लघुकथा, संस्मरण, यात्रा नियात्रा, निबन्ध, उपन्यास समालोचना आदिलाई विश्वका अनेकौं भाषामा अनुवाद भएको पाइन्छ । यसरी नै विश्वका अनेकौ भाषाका साहित्यका पुस्तकहरु पनि नेपाली भाषामा अनुवाद भएको पाइन्छ । यसै प्रसंगमा स्व. डा. सत्यमोहन जोशीज्यूको पुस्तक पनि नेपाली पाठकमाझ आइपुगेको छ ।
उक्त किताबमा रहेको विषय सूची अनुसार – चिनियाँ कविता र छन्द, चिनियाँ कविताको आकृति, माओ त्से तुङका लेखन शैली, कविताहरुको रचनाकाल र चिनियाँ इतिहासको कालक्रमको चर्चा गरिएको पाइन्छ । यसमा चिनिया भाषामा लेखिएका २७ वटा कविताहरुलाई नेपाली भाषामा अनुवाद गरिएका छन् ।
शीर्षक
कुनैपनि व्यक्तिको वस्तुको स्थानको नामले त्यसको बारे पूर्व अनुमान गर्ने आधार तयार हुन्छ । यसमा रहेका २७ वटा कविताहरुको शीर्षकले कविताको बारे प्रारम्भिक जानकारी प्रदान गर्दछ । ती २७ वटा कविताहरुको शीर्षकहरु (१) छाङशा नगर (२) याङसी नदीमा पौडी (३) सुनौलो सारसको धरहरा (४) खुनलूब पहाड (५) पैताइखको समुद्री किनार (६) मिलिशिया आइमाई (७) लूशान पहाड चढ्दा (९) शाउनशानमा फेरि फर्कदा (१०) हिउँका बादल (११) उत्तरीय प्रदेशको हिउँ (१२) चिङकाङ पहाड (१३) तापोती जिल्ला (१४) लामो हिँडाइ (१५) हवैछाङ अञ्चल (१६) नयाँ सालको दिन (१७) लौशान भञ्ज्याङको किल्ला (१८) तीन लघु कविता (१९) ल्यूफान पर्वत (२०) पहिलो जवाफी हमला (२१) जानचिङ कब्जा (२२) मयपूmलको प्रशंसा (२३) ल्यू याच प्रति (२४) ल्यू या चलाई जवाफ (२५) साथीलाई जवाफ (२६) कोमोरोलाई जवाफ १ (२७) कोमोरोलाई जवाफ २
कविताहरुका उक्त शीर्षकहरुले नै कवितामा रहेका विभिन्न कुराहरु– जिल्ला, अञ्चल, शहर, नदी, पहाड, पर्वत, समुद्र, हिउँ, हमला, कब्जा आदिले कविताको विषयका विविधता झलकाउँछ ।
चिनिया भाषामा अलड्ढार
शब्दहरुको प्रयोगका शिन खान, पूसा मान ई नामका छन्द प्रयोग भएका छन् । अनुवादक डा. जोशीज्यूले चिनियाँ कविताका छन्दहरुको नामकारण बारे एउटा नमूनाको रुपमा यसरी प्रस्तुत गर्नुभएको छ । शी च्याङ यवे छन्द, यसको अर्थ हो “पश्चिमतिर नदीको उँभो जून ।” यो छन्दको नाम ली यो कविद्वारा रचित तलको कविताबाट उद्धृत गरिएको हो ।
“आज पनि चन्द्रमा छ उँभोतिर पश्चिमी नदीको
चम्कन्थ्यो जुन एकताक महलभित्र ‘उ’राजको ।”
यसरी जोशीज्यूले १७ वटा छन्दहरुको नाम, छन्दको अर्थ, छन्दमा प्रयोग हुने अक्षरहरुको संख्या विवरण दिनुभएको छ।
चिनियाँ कविताको आकृति
चिनियाँ कविताको आकृति विषयमा दुई वटा कुरामाथि विशेष ध्यान दिनु आवश्यक छ । चिनियाँ अक्षरको उच्चारणको प्रयोगमा आउने ४ किसिमका ध्वनि संकेतहरुको पनि भाव हुनेगर्छ । चिनिया कविताको खास आकृति बोध गर्नको निम्ति चिनियाँ अक्षरको कविता हेर्नु अथवा ध्वनी संकेत गरिएको रोमन लिपिबद्ध कविता पल्टाउनु आवश्यक हुन्छ ।
अन्य कुरा अध्यक्ष माओ त्से तुङको लेख शैली, उक्त २७ वटा कविताहरुको रचनाकाल, इतिहासको कालक्रम, ईशा पूर्व २१ औं शताब्दि श्यावंश, राजतन्त्र अन्त, प्रजातान्त्रिक क्रान्तिको सुरु, कम्युनिष्ट पार्टीको स्थापना, मजदुर वर्गको नेतृत्व, क्रान्तिकारी गृहयुद्ध, जापानी साम्राज्यवादको विरुद्ध प्रतिरोधको युद्ध, जनमूक्ति युद्ध र यसको विजय, जनगणतन्त्र चीनको स्थापना, महान् सर्वहारा साँस्कृतिक क्रान्ति समेतको विवरण यस पुस्तकमा पाइन्छ ।
कवि माओ त्से तुङको जन्मः १८९३ डिसेम्बर २६, मृत्यु ः १९७६ सेप्तेम्बर ९ मा भएको थियो ।
टिप्पणी र विवेचना
यस पुस्तकमा रहेका सबै २७ वटा कविताहरु टिप्पणीहरु र विवेचनासमेत गरिएका छन् ।
नमूनाको रुपमा ः पहिलो कविता छाङशा नगर
यसको टिप्पणीमा विभिन्न ६ वटा कुराहरुको टिप्पणी छन् । यसरी यस कविताको विवेचना दिएका छन्, कवि छाङ्शा नगरमा फेरी आइपुग्छन् । शरद ऋतुमा छाङ्शा नगरको दृश्य ज्यादै आकर्षक र रमणीय हुन्छन् ।
अन्तमा
शताब्दी पुरुष सत्यमोहन जोशीज्यूले यो लेख प्रस्तुत गर्ने मेरो बारे लेख्नुभएको ‘दुई थुंगा फुल’ शीर्षकको एउटा कविता राष्ट्रसंरक्षण साप्ताहिक, वर्ष ९ अंक २६ मा प्रकाशित यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठाने ।
दुई थु“गा पूmल
विविध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।१।
भजन–कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२।
मेरो यो लेखप्रति पाठकवर्गको सकारात्मक प्रतिकृयाको अपेक्षा गर्दछु । धन्यवाद । अस्तु ।
८८८