थोपा सहकारीको अध्यक्षमा पुनः पञ्चलाल


मंसिर १४, २०८०, बिहीबार | दिउँसो ०१:२७ बजे | 80


थोपा सहकारीको अध्यक्षमा पुनः पञ्चलाल

बोडे । मध्यपुर थिमि नपा ९ सिन्टिटार बोडे स्थित थोपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन पञ्चलाल राजबाहक निर्वाचित हुनु भएको छ । त्यसैगरी सञ्चालक उपाध्यक्षमा लक्ष्मण राजबाहक, सचिवमा लक्ष्मीनाथ था र कोषाध्यक्षमा कैलाश बासु श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । आगामी ४ वर्षका लागि सञ्चालक सदस्यहरुमा श्यामकृष्ण चन्द्यो, सुनयना श्रेष्ठ, रीता राजबाहक, भक्तलाल राजबाहक, उमेश राजबाहक चयन हुनु भएको नवनिर्वाचित सचिव लक्ष्मीनाथ था ले जानकारी दिनु भएको छ । त्यसैगरी लेखा संयोजकमा श्याम बासु श्रेष्ठ निर्वाचित हुनु भएको छ । थोपा साकोसको १७ औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित गरिएको हो । 
संस्थाका अध्यक्ष पञ्चलाल राजबाहकको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानीय बासिन्दाद्धारा समूदायमा आधारित सहकारीले आर्थिक उन्नति र सामाजिक विकासमा सहयोग पु¥याइरहेको बताउनु भयो । उपप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले शिक्षा, स्वास्थ्य र  सहकारीको विकास अनि सेवा प्रवाहमा गरिरहेका कार्यको चर्चा गर्दै थोपा साकोसलाई शुभकामना दिनुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले वडाको विकास निर्माणको चर्चा गर्दै थोपा साकोसको कार्यको प्रशंसा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला बचत संघ भक्तपुरका कोषाध्यक्ष कान्छाभक्त घजु, मथिनपा सहकारी शाखा प्रमुख अभयन्द्र रंजित, धर्मपुर साकोसका अध्यक्ष दिलकृष्ण बाटा, निलबाराही साकोसका अध्यक्ष केदार खड्का, महालक्ष्मी साकोसका प्रतिनिधि विजयकृष्ण श्रेष्ठ, सञ्चारकर्मी सागर गुरागाईं लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पञ्चलाल राजबाहकले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक संरक्षणदेखि स्वास्थ्य, कृषि, शिक्षा एवं नेतृत्व विकासमा थोपा साकोस निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष लक्ष्मण राजबाहकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका सचिव लक्ष्मीनाथ थाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थका कोषाध्यक्ष कैलाश बासु श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गदै आर्थिक वर्ष २०७९=०८० मा संस्थाले ३१ लाख ३८ हजार ७ सय ५४ रुपैंया खुद बचत गरेको जानकारी दिनुभयो । संस्थाका सचिव लक्ष्मी नाथ था श्रेष्ठले शेयर सदस्य १ हजार ४ सय ७९ जना, शेयरपुँजी १ करोड ६० लाख १५ हजार २ सय रुपैंया पुगेको जानकारी दिनुभयो । लेखा संयोजक श्यामभक्त बासु श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको उक्त कार्यक्रममा ६० जना जेष्ठ शेयर सदस्यहरुलाई घडी उपहार सहित सम्मान गरिएको थियो । संस्थाद्धारा आयोजित चित्रकला प्रतियेगिताका विजयी छात्र=छात्रालाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रम बोडेस्थित कृषि विकास तािलम भवनमा भएको थियो ।

Comments

ताजा खबर