मुलुकभर ३२ हजार सहकारी
मंसिर १४, २०८०, बिहीबार | विहान ११:३१ बजे | 45
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मीनराज कँडेलले मुलुकभर ३२ हजार सहकारी रहेको र देशको अर्थतन्त्रमा करीब १८ प्रतिशत सहकारीको योगदान रहेको बताउनु भयो । प्रमुख अतिथि कँडेलले समूदायमा आधारित सहकारीको मापन गर्ने आधार पल्र्स भएको भन्दै देशका उत्कृष्ट सहकारीहरु बिकु सहकारी, सहारा नेपालको उदाहरण दिनुभयो । कार्यक्रममा चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, मथिनपा सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, राष्ट्रिय सहकारी बैंक थिमि शाखा प्रमुख सीता भ¤राई, शुभश्री साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, जिल्ला बचत संघ भक्तपुरका प्रतिनिधि बालमुकुन्द उपाध्याय लगायतका अतिथि वक्ताहरुले सिद्धार्थ साकोस नीति, विधि र प्रविधि मैत्रि रहेको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थान, शिक्षा, स्वास्थ्यदेखि व्यक्तित्व र नेतृत्व विकासका कार्यहरु गर्दै आएको जानकारी दिदैं कर्मचारीहरुलाई तालिम मार्फत प्रविधिको प्रयोगमा जोड दिएको बताउनु भयो । संस्थाका सचिव सोहन कायस्थले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले आर्थिक वर्ष २०७९=०८० को आर्थिक प्रतिवेदन पेश गर्दै ३८ लाख ९० हजार १ सय १४ रुपैंया खुद बचत भएको जानकारी दिनुभयो । कोषाध्यक्ष शंखदेवले शेयर पुँजी ३ करोड ३७ लाख ५७ हजार ७ सय रुपैंया, बचत संकलन ३१ करोड २५ लाख ६४ हजार ८ सय ९० पुगेको जानकारी पनि दिनुभयो । सचिव सोहन कायस्थले वार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक तुल्सीभक्त श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ईन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्य, उत्कृष्ट कारोवारी, उत्कृष्ट बचतकर्तालाई पनि नगद सहित सम्मान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...