विनायकमा सकिमना पुन्हि कार्यक्रम


मंसिर १३, २०८०, बुधबार | विहान ११:११ बजे | 35


विनायकमा सकिमना पुन्हि कार्यक्रम

हाम्रो संस्कृति, हाम्रो पहिचान : हाम्रा परम्परा ,हाम्रा स्वभिमान भन्ने विचारलाई आत्मसात् गर्दै आएको देशकै अग्रणी विद्यालय विनायक शिक्षा निकेतनले यही मंसिर १३ गते सकिमन पुन्हिकाे पुनित अवसरमा सकिमन पर्व २०८० तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्यो । विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षता तथा मध्यपुर थिमि नगरपालिकाका (शिक्षा शाखा) सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्टको प्रमुख आथित्यमा विनायक ECA क्लबको सक्रियतामा आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । विशेष गरेर स्थानीय पाठ्यक्रमको उद्देश्यअनुरुप हाम्रो संस्कृति,परम्परा, पर्व र उत्सवहरु बारे जानकारी दिने उद्देश्यका साथआयोजना गरिएको उक्त कार्यक्रममा सकिमन पूर्णिमाका दिन गरिने क्रियाकलाप, गेडागुडी, मकै, फलफूलले सजाएर बनाउने चित्र र त्यसै दिनको परिवेशलाई समेटेर विद्यार्थीहरुलाई व्यावहारिक तथा प्रगतिशील शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो। प्रतियोगितात्मक रुपमा आयोजित उक्त कार्यक्रममा २०७९ सालका स्पोर्टस डे मा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण पश्चात मन्तव्य राख्दै प्रमुख अतिथि ज्ञानेन्द्र भट्टले गुणस्तरीय शिक्षा ,कला संस्कृतिको संरक्षण तथा व्यवहारिक ज्ञान प्रदान गर्ने क्षेत्रमा विनायक शिक्षा निकेतनकाे गहन जिम्मेवारीले मध्यपुर ठिमीकै अग्रणी विद्यालय बन्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।साथै सोही अवसरमा यही मंसिर ८ देखि १० गतेसम्म चितवनको सौराहामा आयोजित student quality circle को 17 औं राष्ट्रिय सम्मेलनमा सहभागी भएर SQC National Education School Award जित्न सफल विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो

फाेटाेमा हेर्नुहाेस्...

विनायकमा सकिमना पुन्हि कार्यक्रम
विनायकमा सकिमना पुन्हि कार्यक्रम

Comments