चेक रिपव्लिकको टोली शैक्षिक सहकार्य गर्न नेकमा
मंसिर १०, २०८०, आइतबार | दिउँसो ०३:२२ बजे | 30
भक्तपुर । चेक रिपव्लिकको एक शैक्षिक संस्थाका पदाधिकारीहरु शैक्षिक सहकार्यका लागि आइतबार भक्तपुरको एउटा शैक्षिक संस्थामा पुगेको छ । हायर इजुकेशन एण्ड सेकेण्डरी मेडिकल स्कुल फर नर्स एण्ड विजनेश एकेडेमी टुन्टनभ चेक रिपव्लिकका प्रमुख डा रोमन हसेकसहितको चार सदस्यीय टोली नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर पुगेको हो ।
टोलीले पहिलो चरणमा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीसँंग भेटघाट गरेको थियो । त्यसपछि कलेजका विभिन्न विभागीय प्रमुख तथा सदस्यहरुसँंग सामूहिक भेटघाट भएको थियो । सम्भावित सहकार्य र ज्ञान आदानप्रदानका विषयमा कलेजको सिभिल, आर्किटेक्चरल, सीआरसीलगायतकासँंग छलफलको समूहसँंग भेटघाट भएको थियो । साथै टोलीले कलेजको अनुसन्धान समूहका पदाधिकारीहरुसँंग पनि छलफल गरेको थियो । साथसाथै कलेजका विद्यार्थीहरुसँंग पनि छलफल गरिएको थियो ।
कार्यक्रमको क्रममा कलेजका एसोसिएट प्रोफेसर गणेश अधिकारीले इन्ह्याण्डस बेस्ट एजुकेशन प्राक्टिस थु्रु स्टाप मोविलिटिज प्रोग्राम विषयमा प्रस्तुति दिएको थिए ।
फाेटाेमा हेर्नुहाेस्...