मोडर्न स्कुलकलेजमा लैंगिक हिंसा विरूद्दको अभियान


मंसिर १०, २०८०, आइतबार | विहान ११:०० बजे | 45


मोडर्न स्कुलकलेजमा लैंगिक हिंसा विरूद्दको अभियान

भक्तपुर । मोडर्न स्कुल÷कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरूले सञ्चालन गरिने लैंगिक हिँसा विरूद्दको अभियानको उदघाटन गरिएको छ । स्कुल कलेज रहेको भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री कार्यक्रमको उदघाटन गरे । उदघाटन कार्यक्रममा मोडर्न स्कुल÷कलेज सृजनानगर भक्तपुरका प्राचार्य अनिल कसपाल सभापति रहेका थिए । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ वडा सदस्य तथा मोडर्न ईङ्गलिस सेकेण्डरी  स्कुल व्यवस्थापन समिति सदस्य सूर्यप्रसाद श्रेष्ठ, भक्तपुर नगरपालिका वडा नं १ वडा सदस्य तथा मोडर्न ईङ्गलिस सेकेण्डरी स्कुल व्यवस्थापन समिति सदस्य श्रीमती गंगालक्ष्मी वमनु र समाजसेवी तथा मोडर्न ईङ्गलिस सेकेण्डरी स्कुल व्यवस्थापन समितिका सदस्य हिरा निरौला अतिथि रहेका थिए । नोवेम्भर २५ देखि सुरु भएको अभियान डिसेम्वर १० सम्म चल्ने जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

मोडर्न स्कुलकलेजमा लैंगिक हिंसा विरूद्दको अभियान
मोडर्न स्कुलकलेजमा लैंगिक हिंसा विरूद्दको अभियान

Comments