उदयको वार्षिक साधारणसभाको समीक्षा


मंसिर ८, २०८०, शुक्रबार | दिउँसो १२:४६ बजे | 40


उदयको वार्षिक साधारणसभाको समीक्षा

भक्तपुर, मंसिर ८। भक्तपुरको लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार संस्थाकै सभाहलमा वार्षिक साधारणसभाको सिंहावलोकन तथा समीक्षा गरियो । सोही कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले समाजमा संस्थालाई परिचित गराउन सामाजिक हितकाे लागि भएका कार्यक्रमबाट आत्मसात गर्नुपर्ने बताउँदै संचालक समितिमा प्रस्ताव नभएको बुँदा साधारणसभामा प्रस्तुत भएमा त्यसलाई सहर्ष स्वीकार गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले विगतमा भएका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दा कमीकमजोरी केलाउनु सकारात्मक भएको बताउँदै सहकारीको मूल्य र मान्यतालाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । सोही कार्यक्रममा संस्थाका प्रबन्धक पूण्यराम गोसाइँले हाल देशमा भएको आर्थिक मन्दीमा समेत सदस्यहरूको हित अनुकुल नीति र योजना कार्यान्वयन भइरहेको जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले भक्तपुरमा संचालन भइरहेको संस्थाहरूको लाभांश, संरक्षित कोष तथा अन्य सूचकांक को तुलना गर्दै संस्थाले गरिरहेको प्रगतिको बारेमा बताउनुभयो । सोही कार्यक्रममा संस्थाको संचालक सदस्य कृष्णराम प्रजापति लगायत उपसमिति सदस्यद्वय जयराम बोहजू र सत्यराम कासिछ्वालेे समेत बोल्नुभयो । उक्त समीक्षा कार्यक्रममा संचालक समिति तथा विभिन्न उपसमितिका सदस्यहरूको रहेको थियोे । संस्थाले गत असोज २७ गते शनिबार २७ आैं साधारणसभा सम्पन्न गरेको थियोे ।

Comments