ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्


मंसिर ८, २०८०, शुक्रबार | विहान ०७:४१ बजे | 45


ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्

भक्तपुर । फराकिलो क्षेत्रफल, शान्त वातावरण, सहरबाट नजिकै । यही नै मुख्य विशेषताहरु हुन् भक्तपुरको सूर्यविनायक पाण्डुबजार हाइटमा रहेको वि किड्स स्कुलको । सूर्यविनायक पाण्डुबजार चोकबाट झण्डै तीन चार सय मिटरमै यो स्कुल रहेको छ । स्कुलमा १८ महिनादेखिका नानीहरुलाई भर्ना लिइन्छ ।  
स्कुलकी प्रिन्पिसल मञ्जु दुवाल स्कूलको मुख्य उद्देश्य भनेको शिक्षासँगसँगै बालबालिकाहरुको ५ वटा पक्षको विकास रहेको बताउँंछिन् । शारिरीक, सामाजिक, भावनात्मक, नैतिक र मानसिक विकासलाई पनिसँगै लैजाने आफूहरुको उद्देश्य रहेको प्रिन्सिपल दुवाल बताउँंछिन् । ‘त्यसका लागि हामीले एक्स्पोलर, लर्न, ग्रोको अवधारणा अनुसार शिक्षकदेखि लिएर विद्यालयको भौतिक वातावरणका साथै कक्षा कोठासम्म वच्चाहरूलाई सुहाउदों बनाएका छौं, उनले भनिन् । त्यसैगरी प्लेस्टेशन लगायत विभिन्न खेलकुदका सामाग्रीहरूको पर्याप्त व्यवस्था, मन्टेश्वरी सिकाईका सामानहरू, फिल्ड भिजिट, विभिन्न सास्कृतिक तथा शैक्षिक कार्यक्रमहरू, विभिन्न खेलकुद, संगीत तथा डान्सका छुटै कक्षा र प्रत्येक महिना जस्तो बच्चाहरुको हेल्थ चेकअप रहेको उनी जानकारी दिन्छिन् । साथै बच्चाहरुको लागि डाईटिशियनद्वारा तयार पारिएको शुद्ध तथा पौस्टिक खाना÷ खाजा दिनको ३ पटक खुवाउने गरी व्यवस्था मिलाएको छौं, उनले भनिन् ।
प्री–स्कूल÷मन्टेश्वरी स्कूलहरु यतिबेला निकै नै स्थापना भएका छन् । प्री–स्कूल÷मन्टेश्वरीले बच्चाको पठनपाठनको विकास कसरी गर्छ भन्ने बुझेर आफना नानीहरुलाई भर्ना गराउनुपर्ने जानकारहरु बताउँंछन् । अभिभावकहरुले आफूसँग हुर्किदै गरेको आफ्नो बच्चालाई स्कूलमा पठाउँदा मात्रै भर्ना गर्दाखेरिकोबारेमा नसोचेर पछि मेरो बच्चा यो स्कूलबाट युकेजीसम्म पढ्दा अथवा लाइफ लङ एजुकेशन पाउने सन्दर्भमा यो स्कूलले मेरो बच्चालाई कस्तो शिक्षा प्रदान गर्छ त ? भन्ने कुरा अभिभावकको पहिलो प्राथमिकताको कुरा हुनुपर्ने विज्ञहरु बताउछन् । 
सामान्यतया सुरुमा विद्यालयमा भर्ना गर्दाखेरि प्रायः अभिभावकहरूले मुख्यतया ३ वटा पक्षलाई ध्यानमा राखेर भर्ना गराउने गरेको पाइन्छ । पहिलो मेरो बच्चालाई नरुवाई दिएको होस् । दोश्रो स्वस्थ तथा पौष्टिक खाना खुवाई दिओस् र तेश्रो घाउ, चोटपटक नलाग्ने किसिमको वातावरण होस् । साथै अभिभावकले कहाँ कस्तो वातावरण (भौतिक÷व्यवहारीक) छ भन्ने कुरा पनि हेनुपर्ने जानकारहरु बताउँंछन् । यसको साथमा सस्तो र सुलभ शिक्षा होस् भन्ने अभिभावक चाहन्छन् ।
पैसाको कुरा नगरी अभिभावकको तीन वटा सोचाइलाई ध्यानमा राख्ने हो भने अवश्य पनि सुरुमा राम्रोसँग खानाखुवाइ दिओस् । चोटपटक नलागोस् र राम्रो वातावरण होस् भन्ने सोचले आएता पनि भर्ना पूर्व यो प्री–स्कूलले मेरो बच्चालाई जीवनभरिको शिक्षा कसरी दिन्छ अथवा मेरो बच्चाको कसरी पठनपाठनको विकास गरिदिन्छ भन्ने कुरा अभिभावकले जान्न एकदमै जरुरी रहेको जानकारहरु बताउँंछन् । 
प्री–स्कूलले बच्चाको संर्वाङ्गिक विकासमा भूमिका खेल्छ । संस्थापकदेखि टिचर, केयर टेकरहरु सबै जना अनुभवी हुनुपर्छ यसकारण । म्यानेजमेन्ट, अभिभावकसँगको डिल अनि सम्बन्ध राम्रो हुन्छ भने त्यो स्कूलेले मात्रै केटाकेटीलाई अहिलेको शिक्षाको माग अनुसारको काम गर्न सक्छन्, जनकारहरुको एकमत छ । होइन भने लगानी गर्दै खोल्दै अथवा ट्रेनिङ प्राप्त टिचर राख्यो तर उनीहरुको कन्सेप्ट अनुसारको काम गर्न नदिने संस्थापकहरु पनि रहेका हुनन्छन् । त्यस्तो अवस्थामा स्कूलले, टिचरले गर्नुपर्ने काम शतप्रतिशत गर्न नसकिने र त्यस्तो स्कूलहरु जुन नाममात्रको मन्टेश्वरी÷प्र–स्कूलहरूवाट अभिभावकहरु एकदमै सतर्क हुनुपर्ने उनीहरु सुझाउँंछन् । नत्र भने अभिभावकज्यूहरूको लागानी खेर जाने सम्भावन प्रवल हुन्छ, जानकारहरुको भनाई छ। तसर्थ अभिभावकहरुले सवै पक्षको अध्ययन गरेर मात्र विद्यालयमा वच्चालाई भर्ना गर्नुपर्छ ।

फाेटाेमा हेर्नुहाेस्...

ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्
ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्
ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्
ससाना नानीहरुको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ ? वि किड्स पाण्डुबजार हाइट जानुस्

Comments