यसैवर्ष मध्यपुर थिमि महोत्सव हुने
मंसिर ७, २०८०, बिहीबार | दिउँसो १२:५२ बजे | 30
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यसैवर्ष मध्यपुर थिमि महोत्सव गर्न लागेको बताएका छन् । शंखधर दिवसको अवसरमा भएको कार्यक्रममा सभापति रहेका मेयर श्रेष्ठले यसको लागि तयारी भइरहेको बताए । तर उनले मिति भने तय नभइसकेको बताए ।