भारतबाट घटेर आयो पेटोलियम पदार्थको मूल्य


मंसिर ४, २०८०, सोमबार | दिउँसो ०२:४५ बजे | 5


भारतबाट घटेर आयो पेटोलियम पदार्थको मूल्य

काठमाडौं । इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन । डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो । मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगम वितरण विभाग प्रमुख बिरेन्द्र गोईतले बताए । ‘डिजेलमा मूल्य घटेर आएको छ,’ गोईतले भने, ‘ग्यासमा घाटा भएकाले मूल्य समायोजन गरेनौं।’
डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ। आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमलाई आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ। सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगम वितरण विभाग प्रमुख गोइतले बताए।

Comments