चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण


मंसिर ३, २०८०, आइतबार | विहान ०५:१९ बजे | 55


चेपाङ बस्तिमा न्यानो लुगा र शैक्षिक सामग्री वितरण

लायन्स क्लव अफ भक्तपुर न्यातपोल तथा भेरोन नेपाल द्वारा एक कार्यक्रममा धादिङको बेनीघाट रोराङ गाउँ पालिका वडा नम्बर 2 चोतेस स्थित बागेश्वरी आधारभूत विद्यालयमा गाउँ पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाज्यूको प्रमुख आतिथ्यमा विद्यार्थीहरूको लागि न्यानो लुगा र शैक्षिक सामग्री वितरण वितरण गरियो। वडा अध्यक्ष हेमराज भुजेलज्युको रोहवरमा सम्पन्न कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका लायन्स क्लव अफ भक्तपुर न्यातपोलका अध्यक्ष भुषण खयरगोलीले चेपाङ समुदायको शैक्षिक स्तरको बिकासका लागि ट्याकसुट, टोपी, झोला, कापी कलम लगायतका शैक्षिक सामग्री सहयोग गरेको बताउनुभयो। कार्यक्रममा सुरेन्द्र जाकिबन्जार, नविन प्रजापति, केदार गोसाई, जितेन्द्र खायमली,कृष्ण सुन्दर प्रजापति, दिपेन्द्र प्रजापति लगायतले सहभागिता जनाउनुभएको उक्त कार्यक्रममा संयोजक बिश्वजित प्रजापतिले यस्तो सामाजिक कार्यमा सरिक हुँन पाउँदा भित्र मनदेखि आनन्द प्राप्त हुने बताउनुभयो। साथै कार्यक्रमको सञ्चालक एवं क्लबका प्रथम उपाध्यक्ष दिनेश सुवालज्युले उक्त चेपाङ बस्तिमा बिचमै पढाइ छोड्ने प्रमुख कारण कलिलो उमेरमा नै बाल विवाह गर्ने प्रचलन रहेकोले बाल विवाह रोक्नका लागि आवश्यक जनचेतनामूलक कार्यक्रमको खाँचो रहेको उक्त क्षेत्रको अवलोकन पश्चात बताउनुभयो।

Comments