सकियो श्रमिक साकोसको २० औ साधारणसभा


मंसिर २, २०८०, शनिबार | विहान ११:२४ बजे | 35


सकियो श्रमिक साकोसको २० औ साधारणसभा

भक्तपुर । श्रमिक वचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती सूर्यविनायक नगरपालिका ८ भक्तपुरको २० औ साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन प्रदेश सांसद सुरेन्द्रराज गोसाईले गरे । कार्यक्रममा ७० वर्ष पूरा भएका संस्थाका सदस्य जेष्ठ नागरिकहरुलाई सुकुन्डा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । साथै १४ जना एसईई उतीर्ण संस्थाका सदस्य विद्यार्थीहरुलाई पनि सम्मान गरियो । संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, पूर्व अध्यक्ष दिनेश ग्वाछालगायतले सहकारीका विविध पक्षमा चर्चा गरेका थिए । कार्यक्रमको वीचवीचमा आदर्श आजाद स्कुल तथा संस्थाकैतर्फबाट नृत्यहरु प्रस्तुत गरिएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

सकियो श्रमिक साकोसको २० औ साधारणसभा

Comments