५० हजार नगदसहितको ग्वंग सिरपा वितरण
मंसिर २, २०८०, शनिबार | विहान १०:४८ बजे | 70
भक्तपुर । ग्वंगः सिरपा सम्मानबाट शनिबार भक्तपुरमा साहित्यकार डा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराई सम्मानित भएका छन् । निबन्धकार तथा वरिष्ठ साहित्यकार डा सुवेदी र सांस्कृतिक निबन्धकार एवं वरिष्ठ समालोचक प्राडा. भट्टराईलाई सम्मान प्रदान गरिएको हो ।
हरेक दुई वर्षमा दुई जना निबन्धकारलाई प्रदान गरिँदै आएको यो पुरस्कारको राशी जनही ५०–५० हजार पाँंचपाँंच रुपैयाँं रहेको छ ।
साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः ले उनीहरुलाई ताम्रपत्र र नगदसहित सम्मान गरेका हुन् ।
सङ्गमका संयोजक साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा सम्पन्न बैठकले केही समय अगाडि सुवेदी र भट्टराईलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...