समदर्शीमा पल्स सम्बन्धी क्षमता अभिबृद्दी कार्यक्रम
मंसिर १, २०८०, शुक्रबार | विहान ०५:४७ बजे | 70
भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको आयोजनामा समदर्शीमा पल्स सम्बन्धी क्षमता अभिबृद्दी कार्यक्रम संस्थाको भवन महेश्वरी स्थानमा विहिबार सम्पन्न भयो ।
संस्थाको संस्थापक अध्यक्ष हरिराम लवजुले पल्स सम्बन्धी क्षमता अभिबृद्दी कार्यक्रम ३ महिने कार्यतालिका अन्तगत रहेको बताउनुभयो । संस्थाको अवस्था कस्तो छ भन्नेआधारभूत जानकारी आजको कार्यक्रम बाट सबैले पाउने कुरामा बिस्वश्त रहेको बताउनुभयो । अध्यक्ष रामकृष्ण मानन्धरले सबैले संस्थाको स्थितिको बारे जानकारी राख्न पर्ने बिषय भएको हुदा संचालक समिति बाट कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतितब मा सम्पन्न कार्यक्रममा सचिब बिश्व बहादुर दुवालले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा लेखा समिति संयोजक कृष्णराम दुवाल, प्रमिला रन्जित, राजुमान मुनंकर्मीलगायतले बोल्नुभएको थियोे । संस्थाका संस्थापक अध्यक्ष हरिराम लवजुले सहजीकरण गरेको कार्यक्रममा २२ जना समिति उपसमिति सदस्यहरु सहभागी थिए ।
फाेटाेमा हेर्नुहाेस्...