जेष्ठ अभिभावक दिवस तथा जन्मदिन कोषबाट शैक्षिक सामग्री हस्तान्तरण


कार्तिक ३०, २०८०, बिहीबार | विहान ०५:४५ बजे | 25


जेष्ठ अभिभावक दिवस तथा जन्मदिन कोषबाट शैक्षिक सामग्री हस्तान्तरण

भक्तपुर । मन्टेसरी एजुकेशन स्कुल,सूर्यविनायक भक्तपुरले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका जेष्ठ अभिभावकहरुको सम्मानार्थ जेष्ठ अभिभावक दिवस २०८० तथा शुभ दीपावली,तिहार,नयाँ वर्ष ने.सं.११४४ तथा छठ पर्वको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम एक समारोहका विच सम्पन्न भयो । शिक्षा सेवी एवं सेवा निवृत्त शिक्षक समाज भक्तपुरका अध्यक्ष श्री अम्विका मान मानन्धरको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका जेष्ठ अभिभावकहरु मध्ये कक्षा प्लेग्रुपका विद्यार्थी श्री प्रदिन श्रेष्ठका हजुर बुवा वर्ष ९१ का श्री विष्णु बहादुर श्रेष्ठ र कक्षा २ का विद्यार्थी श्री लुनिभा किसीकी हजुरआमा वर्ष ७७ की श्रीमती तेजमती किसीलाई प्रमुख अतिथिबाट सम्मान पत्रका साथ  दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । सोही कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरुको जन्मदिनका अवसरमा जम्मा भएको रकम जन्मदिन कोषमा राखि सोही संकलित रकमबाट यस वर्ष भक्तपुर नलिञ्चोक स्थित मानव कल्याण समाजमा आश्रित अनाथ बाल बालिकाहरुका लागि शैक्षिक व्याग र जुत्ता हस्तान्तरण कार्यक्तम गरिएको थियो । उक्त सामग्री विद्यार्थीहरु र विद्यालयका प्रिन्सिपल मंगला प्रजापतिबाट समाजका अध्यक्ष सुमी मानवलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट आफ्नो मन्तव्यका क्रममा आजको समाजमा साना साना नानी बाबुहरुलाई जेष्ठ अभिभावकहरुको महत्व र सम्मान सिकाउन गरिएको यस प्रकारको कार्यक्रमले जेष्ठ नागरिकहरुको मनोबल उच्च हुने र नानीहरुले आगामी दिनमा जेष्ठ अभिभावकहरुलाई कसरी सम्मान गर्न सिक्ने हुनाले विद्यालयलाई धन्यवादका साथै आफु खुसी भएको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका संचालक श्रीमती सरस्वती हाकुदुवालले गर्नु भएको थियो । विद्यालयका विविध गतिविधिका बारेमा मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल श्री मंगला प्रजापतिले जेष्ठ अभिभावक दिवसमा सम्मानित हुनु भएका जेष्ठ अभिभावकहरुलाई उहाँहरुको दिर्घायुको शुभकामना दिदै जन्म दिन कोषको रकमबाट अनाथ बाल बालिकाहरुको शिक्षामा सहयोग होस भनी शैक्षिक व्याग र जुत्ता मानव कल्याण समाजमा रहेका अनाथ बाल बालिकाहरुलाई प्रदान गर्न पाउँदा मनमा आनन्दको महसुस भएको कुरा बताउनु भयो । कार्यक्रममा जेष्ठ अभिभावकहरुको प्रतिनिधित्व गर्दै जेष्ठ अभिभावक श्री राम प्रसाद प्रजापतिले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो भने मानव कल्याण समाजका अध्यक्ष श्री सुमी मानवले विद्यालयले जेष्ठ अभिभावक दिवस मनाएर जेष्ठ हजुरबुबा र हजुरआमालार्य सम्मान गरिएकोमा हर्ष लागेको र यस प्रकारको कार्यक्रम आफ्नो लागि नौलो र अविष्मरणिय रहेको बताउनु भयो । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अच्युत प्रजापतिले उपस्थित सम्पूर्ण जेष्ठ अभिभावकहरु, विद्यार्थीहरु,शिक्षक वर्ग एवं उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद व्यक्त गर्दे कार्यक्रमको उदेश्य र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रको औपचारिक कार्यक्रम पश्चात विद्यार्थीहरुको विविध प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम भएको थियो ।साथै मनोरञ्जन स्वरुप जेष्ठ अभिभावकहरुका लागी तातो आलु खेल खेलाई पुरस्कृत गरिएको थियो । श्मरण रहोस विद्यालयले स्थापना कालदेखि नै जेष्ठ अभिभावकहरुको सम्मानार्थ जेष्ठ अभिभावक दिवस मनाउदै आई रहके थियो ।

फाेटाेमा हेर्नुहाेस्...

जेष्ठ अभिभावक दिवस तथा जन्मदिन कोषबाट शैक्षिक सामग्री हस्तान्तरण
जेष्ठ अभिभावक दिवस तथा जन्मदिन कोषबाट शैक्षिक सामग्री हस्तान्तरण
जेष्ठ अभिभावक दिवस तथा जन्मदिन कोषबाट शैक्षिक सामग्री हस्तान्तरण

Comments