दीपिकामोक्तन                                                                                                                                               के महिला, बालबालिकाले जिउने अधिकार नभएको  हो त ? के हाम्रो देशमा न्याय नै नभएको हो त ? मानिसमा मानवता हराउदै गएक हो त ? के हाम्रो देशको मन्त्री, राज्य, कानुन  थुप्रै   निर्मला पन्त र सम्झना   विक जस्तो बालबालिका बलात्कारको शिकार होस भनी प्रतीक्षा गर्दै त छैनन् । हाम्रो देश येस्तो देश हो जसमा कुमारीको पुजा अर्जा गर्ने गरिन्छ । तर त्यही देश्मा महिला, बालबालिकामाथि नै धेरै दुव्र्यवहार र बलात्कार भयको हामी भेटन सक्छौ । अरु देशमा माहिला तथा बालबालिकामाथि दुव्र्यवहार, बलात्कार भएम नंया नियम, कानुनको लागू भएको हामीले सुनन् सक्छौ ।  
निर्मला पन्ताको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी बिरोध हुदा पनि अहिलेसम्म दोषी पता लगाउन सकेको छैनन् । यस्माथि अहिले बझाङको मष्टा गाउँपलिका २ निबासी १२ वर्षीया बलिका सम्झना विकको बलात्कारपछी हत्या गरेको भेटिएको थियो । प्रधानमन्त्रीले अफ्नो सुरक्षाका लागि ५ करोडको सुरक्षा उपकरण किन्न लागिएछ भने यहाँका महिला, बालबालिकाको सुरक्षा खोइ  त ! यदि बलात्कारको दोषी भेटीए पनि २, ४ बर्ष कारागारमा बसेर झन् अपराधीक मानसिकता, बदलाको मनोबल भएर निसकीएको न्युज पाऊन सक्छौ । बलात्कारको दोषीलाई  मुत्युदण्ड, आजिविन काराबासको व्यवस्था पनि कार्यान्वयन गर्नुपर्छ । राजनीतिक दबाबका कारणले मिलापत्र गराउने, स्थानिय तहमा मिलाउने गरेको हुनाले नै येस्तो अपराधमा अपराधीलाई हौसला बढेको पाइन्छ ।
...

All Comments.......


Please Login/Register To Comments