एउटै मञ्चमा एकैपटक विविध कार्यक्रमहरु सम्पन्न
कार्तिक २६, २०८०, आइतबार | विहान ०७:५८ बजे | 60
काठमाडौं
के हो अहा ! अमृत त्यो सुरदेव पान ।
सच्चा कमाई गरिखानु भनेर जान ।
म्हाकवि लक्ष्मीप्रसाद देवकोटा
रत्न पुस्तकालय बानेश्वरको ६१ औं वार्षिक उत्सव, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जयन्ती तथा देवकोटा रक्तकोषको ४२ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित भव्य तथा सभ्य कार्यक्रम सयौ जना विशिष्ट साहित्यिक एवं समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सुसम्पन्न भयो । उक्त पुस्तकालयका अध्यक्ष श्री शशीविक्रम राणाको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि सर्यौ वर्ष पार गरिसक्नु भएका समाजसेवी, जेष्ठ नागरिक डा गौरीशंकरलाल दास हुनुहुन्थ्यो ।
सो कार्यक्रममा पूजा २०८० बागमय शताव्दी पुरुष सत्यमोहन जोशी विशेषांक लोकार्पण गरिएको थियो ।
उक्त विशेषांक ४४९ पृष्ठको यस विशेषांकमा नेपालका विशिष्ट साहित्यिक व्यक्तिहरुको लेख रचनाहरु ७८ जनाको लेखहरु सवै नै सत्यमोहन जोशीजीकोबारेमा लेखिएका रचनाहरु हुन् । उदाहरणको लागि लेखक डा इन्दुल केसीको ‘मेरो मानसपटलमा डा सत्यमोहन जोशी’ शीर्षकको लेख रहेको छ । उक्त लेखमा माओत्सुगका कविता ः टिप्पणी र विवेचना भन्ने किताव डा सत्यमोहन जोशीले लेख्नुभएको कितावलाई डा केसीले आफनो लेखमा प्रस्तुत गर्नुभएको छ ।
उक्त कार्यक्रममा रक्तदान कार्यक्रम, पुस्तकालयका ७५ वर्ष पुगेका सदस्यहरुको सम्मानमा दोसल्ला र रुद्राक्षको माला लगाई सम्मान गरिएको छ । साथै सो कार्यक्रममा स्थानीय एक कलाकार नानीले सुरिलो संगीत प्रस्तुत गर्नुभएको र लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नुभएको मुनामदनको नाटकलाई कलाकार प्रभाकर शर्मा एवं सरलादेवीले अति रोचक ढंगबाट नाटक अभिनय प्रदर्शनसमेत गरिएको थियो ।
अन्तमा उक्त विशेषांक उपस्थित आमन्त्रित लेखकहरुलाई एकएकप्रति प्रदान गर्नुको साथै इच्छा लागेका व्यक्तिलाई रु दुई सयमा विक्रीसमेत गरेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...