भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा


कार्तिक २५, २०८०, शनिबार | दिउँसो ०३:०३ बजे | 55


भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा

भक्तपुर । भक्तपुरकी एकजना चेलीको संघर्षको कथा पुस्तकमा प्रकाशित भएको छ । प्राध्यापक कोमलवदन मल्ल (प्रधानांग)को जीवन एकः संघर्ष अनेक नामको पुस्तक सार्वजनिक भएको हो । 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ रोहितले पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा विजुक्छेँंले जनताको साहित्यको महत्वकोबारेमा चर्चा गरे । प्राध्यापक कोमलवदन भक्तपुरको पहिलो महिला शिक्षिका रहेको स्मरण गर्दै उनले कोमलवदन र आफू पदम माविबाट एसएलसी दिने एउटै ब्याचका साथी रहेको पनि सम्झे । 
बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले हिजोको भक्तपुर र आजको भक्तपुरमा धेरै भिन्नता आएको भन्दै भक्तपुरले मुहार फेरेको दावी गरे । भक्तपुर नैतिकताको राजनीति गर्ने जिल्लाको रुपमा परिचित भएको मात्रै संसारकै नमूनालायक जिल्लाको रुपमा परिचय दिंदै आउन थालेको उनको बुझाइ थियो । 
ललितपुरका अर्का सांसद प्रेमभक्त महर्जन, भक्तपुर विकास सहयोग संघका अध्यक्ष राजुमृगेन्द्र जोशी, नारायण जोशीलगायतले विचार राखेका थिए । कार्यक्रममा प्रकाशित पुस्तककाबारेमा नन्दु उप्रती र सावित्री जंगमले टिप्पणी गरेका थिए । कार्यक्रम प्राडा सर्वज्ञभक्त मल्लको सभापतित्वमा सम्पन्न भएको थियो । 
पुस्तकको प्रकाशन स्वर्गीय श्रीमती कृष्णकुमारी मल्ल परिवार भक्तपुरको रहेको छ । पुस्तक तीन सय १० पृष्ठको रहेको छ । पुस्तकको मूल्य पाँंच सय राखिएको छ । तर पुस्तक विक्रीबाट प्राप्त हुने रकम स्वर्गीय श्रीमती कृष्णकुमारी मल्ल शिक्षाकोष भक्तपुरमार्फत् सामाजिक सेवामा खर्च गरिने पुस्तकमा उल्लेख छ । सो अवसरमा कार्यक्रममा उपस्थितहरुलाई निःशुल्क पुस्तक पनि प्रदान गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा
भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा
भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा
भक्तपुरकी चेलीको संघर्षको कथा पुस्तकमा

Comments