सकियो गुरु गणेश बचतको १६ औ बार्षिक साधारण सभा


कार्तिक २५, २०८०, शनिबार | विहान १०:४५ बजे | 40


सकियो गुरु गणेश बचतको १६ औ बार्षिक साधारण सभा

भक्तपुर, २५ कार्तिक । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. १६ औ साधारण सभा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा स्टार बैक्वेट कमलबिनायकमा शनिवार सम्पन्नभयो । 
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले निजि अस्पताल संचालकहरुले ख्वप अस्पतालको बद्नाम गरिरहेको बताउँदै धिमय्बाजा प्रशिक्षणले नयाँ पुस्तामा साँस्कृतिक हस्तातरण भएको भएको बताउनुभयो । उहाँले सहकारीले कोरोनाको समयमा अक्सिजन प्लान्ट बनाउन सहयोग गरेकोले निःशुल्क अक्सिजन वितरण र रगतको पैसा समेत नगरपालिकाले व्यहोरिरहेको बताउनु भयो । उहाँले समाजलाई बुद्धिजीविकरण गर्न कलेजहरु संचालन र स्वास्थ्य सुविधाको लागि अस्पतालहरु खोलेर जनतालाई सेवा गरिरहेको बताउनभुयो । उहाँले भक्तपुरको सम्पदाहरु विदेशी पैसा बिना आफ्नै पौरखले गरेको बताउँदै जनताको पैसाले जनतालाई सेवा गरेको बताउनुभयो । उहाँले सहकारीले पनि शिक्षा स्वास्थ्यमा काम गर्नुपर्ने बताउँदै पहिलो हेय् दृष्टिले हेर्ने भक्तपुर अहिले सम्मानका साथ हेर्ने गरेको बताउनुभयो । उहाँले जतिय व्दन्दले अफ्रिकामा हुत्सु र तुत्सु जाति बीच भएको नर संहारले सय दिनमा आठ लाखको हत्या भएको र एक बर्षमा दश लाखको हत्या भएको उदाहरण दिँदै अहिले इजरायलले प्यालेष्टाइनमा निहत्था जनताको हत्या गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरमा कम्युष्टि भने तर मठमन्दिर सम्पदाको संरक्षण गर्ने तर कथित माओवादी भनाउँदा कम्युनिष्टहरु बमले उदाउने जिज्ञासा धेरैको रहेको बताउँदै पुरानो बस्तुले नयाँ पुूस्ताको सेवा गर्ने उद्देश्यले त्यहि मठ मन्दिरबाट कलेज र अस्पताल खोलेको बताउनभुयो । 
भक्तपुर नगरपालिका ९ नं वडाध्यक्ष रविन्द्र ज्याख्वले पारदर्शी सहकारीले नाफामात्र होइन नयाँ पुस्तालाई असल गोरेटोमा लाने काम गर्नु पर्ने बताउनभुयो । उहाँले सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्नुपर्ने बताउँदै किसानी कार्यले घर खर्च नचल्ने भएकोले थप व्यवसाय गर्न सहकारीले सदस्यहरुलाई असल र सुरक्षित लगानीमा ध्यान दिनु पर्नै बताउनुभयो । उहाँले क्यान्सर रोग हाम्रो शरिरको विभिन्न स्थानमा लाग्ने भएकोले जाँडरक्सी, छोय्ला काचिला खान नहुने बताउनुभयो । उहाँले दाँतमा पनि समस्या भए अप्ठ्यारो हुने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतिन्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका राजकुमार लघु, सल्लाहकार कृष्ण भक्त लवजु, रामकृष्ण प्रजापति, भक्तपुर साकोसका बलराम प्रजापति, सिद्धिगणेश साकोसका जयराम गोर्खाली, सचिव सत्यराम ज्ञामरुले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यष तुल्सी केशरी प्रजापतिले आर्थिक प्रतिवेदन, उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले स्वागत र संचालन राजु सिं बजिको र सितालक्ष्मी कोजूले गर्नु भएको थियो । प्रमुख अतिथि सुनिल प्रजापतिले विभिन्न संघ संस्थामा बसेर समाज र देशको सेवा गर्नुहुने व्यक्तिहरु, असल बचत कर्ता, असल ऋणी र जेष्ठ सम्मान गर्नुभएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

सकियो गुरु गणेश बचतको १६ औ बार्षिक साधारण सभा

Comments