सहकारीले कलाकारहरुलाई स्थान दिएकोले नयाँ पूस्तामा हस्तातरण
कार्तिक २५, २०८०, शनिबार | विहान १०:३५ बजे | 30
भक्तपुर, २५ गते । केदारनाथ वचत तथा ऋण सहकारी संस्था लि.को ११ औं साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद माननीय सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा शनिवार थापा पार्टी प्यालेस सूर्यविनायकमा सम्पन्नभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र राज गोसाईंले सहकारीले कलाकारहरुलाई स्थान दिई अवसर दिएकोले नयाँ पूस्तामा हस्तातरण भएको बताउनुभयो । उहाँले शिक्षित भएर मात्र नपुग्ने सुसंस्कृत र संस्थामा पनि संस्थागत संस्कृति महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल सम्बतको तिथि मिति गडबड गर्ने नियजित होकि भन्ने आशंका लागेर आएको बताउँदै सहकारीले तालिमका साथै उत्पादन गरेकोमा स¥हानीय काम हो तर अहिले मर्मत सम्भारको समेत तालिम आवश्यक भएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई कसरी तयार गर्ने भने विषयमा बोल्दै आमाबाट सिकेको नेपाल भाषा र तामाङ्ग भाषा सरकारी कामकाजको भाषा पारिक गरेको बताउँदै अंग्रेजी, चिनिया भाषा तालिम समेत दिनुपर्ने बताउनभयो । उहाँले सहकारीको चुनौति गरिब भन्दा पनि निक्षेप करोडौं भएर पनि स्वास्थ्यमा ध्यान नदिँदा अकालमा मृत्यु वरण गर्नुपर्दा त्यस्तो पैसा हक दावि गर्ने समेत नभए समस्या देखिएकोले पैसा साधनको रुपमा सदुपयोग गर्नु पर्ने बताउनुभयो । उहाँले दिपावलीमा समेत कृषि प्रधान देशले फुल र फलफुल आयात गर्नुपर्ने अवस्था आएकोले मितव्ययी तरिकाले चाँडवाड मनाउन अनुरोध गर्नुभयो । उहाँले बहुदल अएपछि भारतीय एकाधिकार पूँजीका दलालहरुले नेपालको उद्योग धन्दा सबै कौडिको मोलमा बेचेर नष्ट गर्यो भने प्रत्येक निर्वाचन क्षेत्रबाट युवाहरुलाई विदेश पठाउने नीतिले अहिले यो स्थिति आएको र भोलि बुढाबुढी सेवा गर्ने देशमा परिणत हुने बताउनुभयो । उहाँले युक्रेन युद्ध अमेरिकी साम्राज्यवादको उक्साहतका कारण भएको बताउँदै त्यसले गर्दा आर्थिक मन्दि, मुल्यबृद्धि, कालाबजारी बढेको बताउनुभयो । उहाँले प्यालेष्टाईनी जनताको देश प्यालेष्टाइनलाई इजरायल बनाएर अहिले बरबरतापूर्ण आक्रमणले वाइडेन र न्यतान्याहु हितलर पछिका क्रुर शासक भएकोले गौतम बुद्धको देशमा बसेर युद्धको विरोध नगरिरहन नसक्ने बताउँदै जतिय संहार वा जतिया सफाया गर्न खोजेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष उकेश कवाँले समुदायमा आधारित सहकारीले गरिब, किसान मजदुर, कुटिल उद्योगको निम्ति काम गर्नुपर्ने बताउँदै सहकारीमा आर्थिक हिनामिना गरेको विरुद्ध २०२५ सालमा आन्दोलन गरेको साथै अहिलेपनि संचालकहरुको सम्पति रोक्का गर्ने कार्य गरेको बताउनुभयो । उहाँले जीवन जस्को सकृय हुन्छ दीर्घ जीवन हुने बताउँदै सहकारी बहुउद्देश्यीय चाहिने तर त्यस्ता सहकारीहरु भागेकोले त्यसप्रति जनताको विश्वास गुमेको बताउनुभयो । उहाँले देश परनिर्भर हुँदै गएको युवाहरु विदेशिनाले भएकोले नेपालमै स्वरोजगारी दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीले नगरपालिकालाई अक्सिजन प्लान्ट राख्न र अहिले सामुदायक विकास कोषको पचास प्रतिशत दिएर सहयोग गरेको बताउनुभयो । उहाँले संचालक समितिका अध्यक्ष र पदाधिकारी हुन सक्षम हुनु पर्ने नत्र प्रबन्धकले धुमाएर फसाउने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि जगनाथ प्रजापतिले समुदायमा आधारी सहकारी नभागेको र नविग्रेको बताउँदै सदस्य निक्षेप कर्ताले व्याजको लोभमा जस्तोसुकै सहकारीमा निक्षेप जम्मा गर्दा समस्या देखिएको बताउनभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका सुलोचना दुवाल, सल्लाहकारी एवम् मोर्डन स्कूल र कलेजका फाउण्डर बाबुकाजी कसपाल, सल्लाहकार एवम् भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापति, स्वागत दयाराम तजले, आर्थिक प्रतिवेदन साजन कसपाल संचालन ऋषिकेश श्रेष्ठले गर्नुभएको थियो भने गायक रिया स्वनप र सर्वश्री कसपालले गीत प्रस्तुत गनुभएको थियो । उत्कृष्ट बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट बालबचत, उत्कृष्ट सदस्य, जेष्ठसम्मान, १० बर्ष भन्दा बढी सेवा गरेका संस्थाका कर्मचारीहरुलाई सम्मान प्रमुख अतिथि सुरेन्द्र राज गोसाईले कदरपत्रले सम्मान गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...