एभरेस्ट स्कुलका ससाना नानीहरुले गरे म्हः पूजा ः ठूलाले खेले देउसीभैलो

कार्तिक २४, २०८०, शुक्रबार | दिउँसो १२:५८ बजे | 40

एभरेस्ट स्कुलका ससाना नानीहरुले गरे म्हः पूजा ः ठूलाले खेले देउसीभैलो

भक्तपुर । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ । जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । 
स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए । बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए । पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिकाउ लगाउनेलगायतका कार्यहरु गरेका थिए । 
विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए । उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए ।
उता सोही स्कुलका कक्षा ४ का विद्यार्थीले देउसीभैलोको आयोजना गरेका थिए । कार्यक्रममा स्कुलका सवै विद्यार्थी सहभागी थिए । 

फाेटाेमा हेर्नुहाेस्...

Comments