आर्थिक सम्वृद्धिको कामना सहित चेम्बरले ग¥यो शुभकामना आदान–प्रदान कार्यक्रम
कार्तिक २४, २०८०, शुक्रबार | विहान ०९:४८ बजे | 35
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा शुभ दिपावली (स्वन्ती नखः) २०८०, नेपाल सम्वत् (न्हू द“) ११४४ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना भयो । सोही अवसरमा मौजूदा आर्थिक अवस्था र अबको बाटो विषयमा एक प्रस्तुतिकरण कार्यक्रम समेत भएको थियो ।
संस्थाका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा वहा“ले समग्र आर्थिक क्षेत्र निराश ह“ुदै गएको अवस्थामा उद्यमी व्यवसायीलाई ढाडस दिदै उत्साह जगाउने अभियान थालनी गर्नु पर्ने बताउनु भयो । साथै आफ्नो हक अधिकार र अस्तित्वका लागि व्यवसायिक क्षेत्रले आफ्नो आवाज बुलन्द गर्न हतार भईसकेको र भक्तपुर चेम्बर अफ कमर्सले आफ्नो तर्फबाट व्यवसायीहरुलाई झकझकाउने काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि अर्थविज्ञ एवं इन्जिनियर श्री ज्ञानेन्द्रलाल प्रधानले विषयवस्तुमा आफ्नो प्रस्तुतिकरण गर्नुहुंदै राज्यको नेतृत्व तह स्वार्थ केन्द्रित नहुने हो भने मुलुकको विकासको सम्भावना धेरै भएको बताउनु भयो । साथै मुलुकमा अझै पनि सवल पक्ष धेरै रहेको हुंदा सबैको प्रयासबाट राजनीतिक तहलाई दवाव दिनु पर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास श्रेष्ठले संस्थाले उद्यमी व्यवसायीको आवश्यकतामा आधारित रहेर सेवा सुविधा उपलब्ध गराउ“दै आएको बताउनु हुंदै व्यवसायिक विषय वस्तुमा विचार मन्थनका लागि भक्तपुर चेम्बर अफ कमर्स उपयुक्त स्थान भएको बताउनु भयो ।
संस्थाका कार्यसमिति सदस्य श्री माधव प्रसाद प्रजापतिको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायी, लब्ध प्रतिष्ठित व्यक्तिहरु लगायत विभिन्न वस्तुगत एवं व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...