एभरेष्ट स्कुलमा सकियो तीनदिने थिम सेलिब्रेशन


कार्तिक २३, २०८०, बिहीबार | दिउँसो ०१:१२ बजे | 50


एभरेष्ट स्कुलमा सकियो तीनदिने थिम सेलिब्रेशन

भक्तपुर । ससाना नानीहरुलाई मोवाइल नभइ समय दिन एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अभिभावकहरुले फुर्सद् नभएको भन्दै ससाना बालबालिकाहरुलाई मोवाइल दिंदा बालबालिका सामाजिक हुन नसकेको उनीहरुको भनाई छ । 
भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले थिमि सेलिब्रेशन २०८० मा सहभागी उनीहरुले बालबालिकाहरुलाई अभिभाबकहरुले समय दिनु अत्यन्त जरुरी रहेको बताए । कार्यक्रममा संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले समय छैन भने बरु बालबालिकाहरुलाई आमाले खाना पकाउँंदा भान्छामै लगेर भएपनि तरकारी केलाउन, काटन, खाना पकाउन गरेको काम देखाउन आग्रह गरे । उनले मोवाइलको लतले विद्यार्थीमा एकोहोरोपना हुनेलगायतका अनेक समस्या देखिएको अनुभब सुनाए । शिक्षकशिक्षिका तथा तिनका अभिभाबकहरु सहभागी भएको कार्यक्रम तीनदिनसम्म चलेको थियो । 

Comments