सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन स्कुलको क्रियाशीलता प्रशंसनीय


कार्तिक २२, २०८०, बुधबार | विहान ११:२६ बजे | 25


सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन स्कुलको क्रियाशीलता प्रशंसनीय

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको माध्यमिक तह राम्रो हुनु भनेको विद्यार्थीको शैक्षिक जग बलियो हुनु हो भन्नुभयो ।
नवीन आधारभूत विद्यालयको आयोजनामा भएको स्वन्ती नखः (तिहार) र छठको अवसरमा भएको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन आधारभूत विद्यालयको क्रियाशीलता प्रशंसनीय रहेको बताउनुभयो । 
उहाँले सामुदायिक विद्यालयहरुले पनि खेलकुद, अतिरिक्त क्रियाकलाप, भौतिक साधानहरुको सुविधा, विज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेटको व्यवस्था आदिमा विशेष जोड दिनुपर्ने धारणा राख्दै विद्यार्थीहरुले खेलकुद र पढाई सँगसँगै अगाडि बढाउन सके व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाले शिक्षा क्षेत्रको विकासमा गरिरहेको नवीन अभ्यासहरुबारे अवगत गराउँदै विद्यार्थीहरुले देशका गहना हुन् र योग्य तथा देशभक्त विद्यार्थी उत्पादन गर्नेतर्फ विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रअ प्रकाश गोसाईंले विद्यालयको शैक्षिक गतिविधिबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाले आधारभूत शिक्षा र विद्यालयप्रतिको सहयोगी भूमिका निर्वाहले विद्यालयको प्रगति सहज भएको बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दिपक माकले भक्तपुरको शैक्षिक विकासमा आधारभूत विद्यालयहरुको भूमिकाबारे चर्चा गर्दै आधारभूत विद्यालय समितिले विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्न भक्तपुर नपालाई शिक्षाको माध्यमबाट नमुना नगर बनाउन समिति क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रअ विश्वाराम कवां, शिक्षक नारायणप्रसाद त्वानाबासु, पूर्वविद्यार्थी रोशना सैंजुलगायतले बोल्नुभएको थियो । 
प्रमुख अतिथि प्रजापतिले विद्यालय स्थापना गर्न महत्वपूर्ण योगदान पु¥याएका स्थानीय लक्ष्मीभक्त कवां र हरिगोपाल सैंजुलाई दोसल्ला ओढाई सोही अवसरमा सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन स्कुलको क्रियाशीलता प्रशंसनीय
सामुदायिक शिक्षाप्रति जनविश्वास अभिवृद्धि गर्न नविन स्कुलको क्रियाशीलता प्रशंसनीय

Comments