नगरकोट महोत्सव कार्तिक २३,२४ र २५ मा हुने


कार्तिक २०, २०८०, सोमबार | विहान ०७:५५ बजे | 10


नगरकोट महोत्सव कार्तिक २३,२४ र २५ मा हुने

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।
‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुगले सम्मेलनमा बताए ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष एवं भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने लामाले बताए । महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको छ ।
समितिका सचिव प्रदिप अघिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
उनले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
महोत्सवमा स्टल सङ्ख्या २५ रहने जनाइएको छ । नगरकोट प्रहरी चौकी तल मूल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोकदेखि महाकाली स्कुलमाथिसम्म स्टल रहने महोत्सवमा एक लाख हाराहारीले मज्जा लिने अपेक्षा रहेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

नगरकोट महोत्सव कार्तिक २३,२४ र २५ मा हुने

Comments