भोलि भक्तपुरका यी ठाउँंहरुमा बती निभ्दैछन् (स्थानहरुको नामसहित)
कार्तिक १७, २०८०, शुक्रबार | दिउँसो ०१:३२ बजे | 100
नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण केन्द्र यसबर्षको दीपावलीमा निरन्तर विद्युत सुचारुको लागि यस वितरण केन्द्र अन्तर्गतको ११ के.भि. लाइनको मर्मत सुधार गर्नुपर्ने भएकोले शनिबार बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म ब्यासी फिडर र नलिंचोक फिडर अन्तर्गतको ब्यासी, कमलविनायक, लिवाली, नलिंचोक, सिपाडोल, सुडाल र ताथली एरियामा विद्युत सप्लाई बन्द हुने जनाएको छ । साथै दिउसो १ः०० बजेदेखि ३ः०० बजेसम्म सूर्यविनायक फिडर र वृक फिडर अन्तर्गतको इटाछे, इनाचो, दुधपाटी, सल्लाघारी, कटुन्जे एरियामा विद्युत सप्लाई बन्द हुने जानकारी गराएको छ । असुविधाको लागि भक्तपुर वितरण केन्द्र क्षमा मागेको छ ।