भक्तपुरका इटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याज बुझाउने अवधि बृद्धिको माग


कार्तिक १५, २०८०, बुधबार | विहान ०९:२० बजे | 30


भक्तपुरका इटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याज बुझाउने अवधि बृद्धिको माग

भक्तपुर । भक्तपुरका इटा उद्योगीहरुले सरकारसँंग कर्जाको किस्ता र व्याज बुझाउने अवधि बृद्धिको माग गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्पmत् नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवार काठमाडौंसमक्ष उक्त माग गरिएको हो । त्यसका लागि उनीहरुले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र 
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय, भक्तपुर जिल्ला
भौतिक संरचना निर्माणको लागि आबश्यक सामग्रीहरु मध्ये ईटा प्रमुख वस्तुमा पर्दछ । देशभर उत्पादित ईटाले यसको माग परिपूर्ति गर्दै आएको छ । जसले गर्दा ईटा आयात गर्नु पर्ने अवस्था रहेको छैन । ईटा उद्योग सुख्खा याममा संचालन हुने र गरीवीको रेखामुनी रहेका जनताहरुलाई रोजगार दिने खुला आकाश मुनी संचालन हुने मौसमी उद्योग हो । यस उद्योग संचालनको समयमा वेमौसमी वर्षाले ठूलो परिमाणमा कांचो ईटा नष्ट हुन गै लगानी डुव्न जाने र कामदारहरुलाई पेश्कि बाँड्नु पर्ने भएकोले लगानी जोखिम उद्योगको रुपमा पनि लिईन्छ । २०७६ सालको ऋयखष्म(ज्ञढ संक्रमणको समय देखि नै ईटा उद्योग संचालनको अवस्था दयनीय रहेको छ । २०७७ सालमा पनि ऋयखष्म(ज्ञढ को संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो वर्ष पनि पर्याप्त कामदारहरु नआएकाले भक्तपुर जिल्लामा संचालित ईटा उद्योगहरु पूर्ण रुपमा बन्द रहेको कुरा जानकारी गराउन चाहान्छु । त्यस्तै आ.व. २०७८÷७९ र २०७९÷८० सम्म पनि जिल्लामा रहेका ईटा उद्योगहरु मध्ये ६०÷७० प्रतिशत मात्र ईटा उद्योगहरु संचालनमा आएका र त्यसरी संचालित ईटा उद्योगहरुले पनि ५०÷६० प्रतिशत अर्थात् २÷३ राउण्ड मात्र ईटा उत्पादन गरी उद्योग बन्द गर्नु परेको थियो । यसरी ईटा उद्योगहरु संचालनको संख्यामा ¥हास आउनु र ईटा उद्योग संचालनमा नैराश्यता छाउनुमा कोईलाको मूल्य बृद्धि हुनु, कोईला खरीद गर्दा अग्रीम रकम पठाउनु पर्ने प्रावधानले गर्दा गुणस्त्तरिय कोईला आपूर्ति नभएको र उद्योगीहरुमा वित्तीय संकटका कारण बिषम परिस्थिति सृजना हुन गएकोले यस आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्वोधनको लागि पहल हुन माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।
बंैक तथा वित्तीय संस्थाहरुवाट ऋण लगानी, पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असर तथा रसिया युक्रेन युद्धका कारणले व्यापार व्यवसायमा ¥हास आउँदा भौतिक संरचना निर्माणको गति प्राय ठप्प हुन गै निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २÷३ वर्ष अगाडिबाट उत्पादित ईटा समेत विक्रि वितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईटा स्टक रहंदा ईटा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सृजना भएको छ । यस्तो अवस्थामा उद्योगीहरुले वैंक तथा वित्तीय संस्थावाट लिएको ऋणको किस्ता र व्याज तोकिएको भाखामा नै बुझाउन नसकेको यथार्थता यहां प्रस्तुत गर्न चाहन्छौं ।  
एकातर्फ निर्माण कार्य गरे वापत व्यवसायीहरुले समयमा नै भुक्तानी पाउन नसक्दा यसको प्रत्यक्ष असर ईटा उद्योगहरुमा पर्न गएको छ भने अर्को तर्फ नेपाल सरकारले आ.व. २०७७÷७८ र २०७८÷७९ मा पूंजीगत शिर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्रि वितरण हुन नसकी ईटा उद्योगहरुमा पूंजी अभाव भई आगामी दिनमा उद्योग संचालन गर्न सक्ने सामथ्र्य नै नभएर ईटा उद्योगीहरु पानी विनाको माछा झैं छटपटाइरहेका छन् । हालका दिनमा उद्योग व्यवसायहरु आर्थिक संकटको चपेटाले तहस नहस भईरहेको व्यहोरा माननीय मन्त्रीज्यू समक्ष पुनरावृत्ति गरिरहनु सान्दर्भिक देखिंदैन । यस प्रकारको गंभिर आर्थिक संकटवाट ईटा उद्योगहरु पनि अछुतो रहेका छैनन् । जिल्लामा संचालित ईटा उद्योगहरु माथि मडारीरहेको आर्थिक संकटको कालो वादल हटाउन माननीय मन्त्रीज्यूबाट पहल हुनेछ भन्ने विश्वास लिएका छौं । ऋण उपलव्ध गराउने वित्तीय संस्थाहरुले ईटा उद्योगीहरुले लिएको ऋणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा भाखा भित्र सावां र व्याजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षण वापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी (घरजग्गा) लिलाम विक्रिको प्रक्रियालाई अगाडि वढाउंदै उद्योगीहरुको उठीबास गराउने काम भैरहेको छ । यस संकटपूर्ण अवस्थाको गम्भिर्यतालाई हृदयंगम गरी तत्कालको लागि बैंकको व्याजदरलाई एकल अंक (सिंगल अंक) मा राखी ईटा उद्योगीहरुले लिईरहेको कर्जाको सावां र व्याजको किस्ता बुझाउने अवधी २०८२ साल आषाढ मसान्त सम्म कायम गर्ने गरी ईटा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्ने गराउने व्यवस्थाको लागि माननीय मन्त्रीज्यू, समक्ष विनम्र अनुुरोध गर्दछौँ । 
(आशाकाजी त्वानाबासु)
कार्यबहाक अध्यक्ष 
भक्तपुर ईटा उद्योग व्यवसायी संघ

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका इटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याज बुझाउने अवधि बृद्धिको माग

Comments