भक्तपुर र चितवन उद्योग वाणिज्य संघवीच समझदारी (बुँंदाहरुसहित)


कार्तिक १४, २०८०, मङ्गलबार | विहान ०९:१९ बजे | 35


भक्तपुर र चितवन उद्योग वाणिज्य संघवीच समझदारी (बुँंदाहरुसहित)

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच एकआपसमा मंगलबार एक कार्यक्रमवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई शाखावीच भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदानको लागि सहमति गरी हस्ताक्षर गरिएको हो । भक्तपुर शाखाकोतर्फबाट अध्यक्ष शिवप्रसाद मानन्धर र चितवन शाखाकोतर्फबाट अध्यक्ष चुननाारायण श्रेष्ठले हस्ताक्षर गरे ।
दुई शाखावीच भ्रातृत्व सम्बन्ध कायम गर्ने सम्बन्धमा विभिन्न बुँंदाहरुमा लिखित सहमति भएको हो । उक्त उद्देश्य प्राप्तिका निमित्त भक्तपुर उद्योग वाणिज्य संघको सचिवालयमा समझदारीपत्रमा हस्ताक्षर गरी एकएकप्रति लिनेदिने कार्य सम्पन्न भयो । 
समझदारीपत्रमा पहिलो बुँंदामा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहने रहेको छ । दुवै संघको सुदृढीकरण र आपसी सम्बन्ध बलियो बनाउन भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै अन्य संघहरुको संस्थागत विकासका लागि आवश्यकताअनुसार संयुक्त पहल गर्ने बुँंदा रहेको छ ।
साथै उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रियस्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानीनोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने र सम्बन्धित सूचना तथा प्रकाशनहरु आदानप्रदान गर्नुका साथै अवस्थाअनुसार आवश्यक भएमा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि व्यावसायिक पैरवी गर्ने रहेको छ ।
. दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँनयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने र कार्यान्वयनमा सहकार्य गर्ने, दुवै संघले आयोजना गर्ने राष्ट्रियस्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने, साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्ने बुँंदा समझदारीपत्रमा रहेको छ । समझदारीपत्रमा भक्तपुर र चितवनका व्यवसायीहरुले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने, दुवै संघका सदस्यहरु लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने, दुवै क्षेत्रका कला, साहित्य, संस्कृतिहरुको विकास तथा प्रवद्र्धनमा आपसी सहयोग अभिवृद्धि गर्ने र माथि उल्लेखित बुँदाहरुबाहेक दुवै संघले पहिचान गरेको अन्य क्षेत्रहरुमा समान विचार बनाउन र कार्यक्रमको पहिचान गर्न सकिने गरी दसवटा बुँदाहरु रहेका छन् । कार्यक्रममा एकआपसमा मायाको चिनो आदानप्रदान पनि भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर र चितवन उद्योग वाणिज्य संघवीच समझदारी (बुँंदाहरुसहित)
भक्तपुर र चितवन उद्योग वाणिज्य संघवीच समझदारी (बुँंदाहरुसहित)

Comments