भक्तपुर बचतमा नयाँ उपसमितिका पदाधिकारीहरुको सपथग्रहण


कार्तिक १३, २०८०, सोमबार | दिउँसो ०२:३९ बजे | 40


भक्तपुर बचतमा नयाँ उपसमितिका पदाधिकारीहरुको सपथग्रहण

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समितिबाट एघाह्र वटा उप समितिका पदाधिकारीहरुको मनोनयनपछि सोमबार संस्थाको सभाहलमा सपथग्रहण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिनुहुँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा जोड दिनुभयो । संस्थासँग सम्बन्धित कुनै पनि नयाँ प्रस्ताव संस्थाभित्रैबाट सरसल्लाह गरी समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । 
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले निर्माण गरेका एघार वटै उपसमितिका पदाधिकारीहरुलाई सपथ खुवाउँदै सहभागितामूलक सहकार्यबाट सहकारीको गन्तव्य पूरा गर्न सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाको नीति संग्रह सबैले अध्ययन गरी संस्थाको गतिविधिबारे जानकार हुनुपर्ने बताउनुभयो । साथै यस आ.व.का लागि निर्मित २६ वटाभन्दा बढी कार्यक्रमका लागि २८ लाखभन्दा बढी रकम विनियोजन भइसकेको जानकारी दिँदै संस्थाको हरेक कार्यक्रममा उपसमितिको सक्रियता हुने विश्वास गर्नुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत गरेको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले नवगठित खेलकुद उपसमितिको आयोजनामा यही कार्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल ¥यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ को आयोजना हुने जानकारी गराउँदै उक्त कार्यक्रममा सबैको सक्रिय सहभागीता आवश्यक रहेको बताउनुभयो । यसको पुरस्कार वितरण कार्यक्रम संस्था स्थापना दिवसको अवसरमा कार्तिक १९ गते प्रदान गर्ने उहाँले बताउनुभयो  । 
संस्थाले लक्ष्मीप्रसाद कुसीको संयोजकत्वमा शिक्षा उपसमिति, तारादेवी धन्छाको संयोजकत्वमा व्यवसाय प्रवद्र्धन उपसमिति, विष्णुकुमार प्रजापतिको संयोजकत्वमा युवा उपसमिति, राजेश प्रजापतिको संयोजकत्वमा खेलकुद उपसमिति, नारायणी खोजूको संयोजकत्वमा सांस्कृतिक उपसमिति, कृष्णश्वरी दुवालको संयोजकत्वमा सूचना तथा प्रकाशन उपसमिति, जगनाथ प्रजापतिको संयोजकत्वमा ऋण उपसमिति, बलराम प्रजापतिको संयोजकत्वमा ज्येष्ठ तथा बाल सदस्य उपसमिति, रामलक्ष्मी दुवालको संयोजकत्वमा कृषि उपसमिति, रामेश्वरी कोजूको संयोजकत्वमा महिला उपसमिति र कृष्ण सु्न्दर प्रजापतिको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन भएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर बचतमा नयाँ उपसमितिका पदाधिकारीहरुको सपथग्रहण

Comments