लघुकथा ः सहयोग
कार्तिक १३, २०८०, सोमबार | विहान ०७:०८ बजे | 40
आर.के.
हरिलाई यसपाली ल्यासिंख्योमा साहित्य सम्मेलन हुने भएर मनै गडगड भइरहेको थियो । त्यो सहित्य सम्मेलन मुख्य गरी नेपाल भाषाको उत्थान र विकासका साथै देशमा भइरहेको विकृति विसंगति, राजनीति, अर्थनीति, जलस्त्रोतविद्, सिमाविद्, डाक्टर, प्रध्यापक, शिक्षा विद्, अन्तर्राष्ट्रिय राजनीतिका साथै तल्लो वर्गको उत्थान, साम्राज्यवाद र विस्तारवाद विरुद्ध कलम चलाउने साहित्यीक कार्यक्रम भएकोले निकै उत्साहित थियो । त्यसलाई भव्य रुपमा संचालन गर्न दिलोज्यान दिएर लागि परे । तर कार्यक्रम सफल पार्न आफू मात्र उत्साहित भएर भएन् । जनताको सहयोग विना सफल नहुने उसलाई थाहा थियो । त्यसको निम्ति जनताहरु भेला गरी विभिन्न समिति र उपसमितिहरु गठनमा सहभागी भयो । सबै मजदुर किसानहरुलाई भेला गर्दै उत्साहित बनाई क्रियाशील बनाएको देख्दा हरि तीन छक्क पर्यो । ।
हरिलाई मन परेको कुरा के हो ? भने साहित्य समाजको ऐना हो । यसले समाजमा आमूल परिवर्तको लागि टेवा पुग्दछ भने असत्य, अन्याय र भष्ट्राचारविरुद्ध आवाज उठाउने, तल्लो वर्गको उत्थानको निम्ति लेख्ने भएकोले साहित्य राजनीतिक हतियार हो भनिन्छ भन्ने उद्गारमा विश्वस्त थियो । साथसाथै एउटा भाषा स्थापित हुन हजारौं बर्ष लाग्छ यस्तो भाषा जोगाउन र भाषा उत्थानको लागि त्रीचालीसौं बर्षदेखि भक्तपुरमा नेपाल भाषा सहित्य तःमुज्या क्रियाशील भएको इतिहासहरु बुझे । उसलाई जनताले बोल्ने भाषामात्र बाच्ने भएकोले “जनाता म्वासा भाषा म्वाईः” अथवा जनता बाचें भाषा बाचिन्छ भने नारा सो¥है आना ठिक लागेको रहेछ र नेपाल भाषा सहित्य तःमुज्या जनताको आर्थिक, भौतिक र नैतिक सहयोगबाट संचालित हुने थाहा भयो । त्यसलाई सफल पार्न सहकारीहरुमा आर्थिक सहयोग उठाउने क्रममा देखिएका दृष्यले आकासबाट खसेको महशुस गर्यो । उसलाई असल नियतले राम्रो कामको लागि जनताले जनताको लागि जनतालाई गर्ने यस्तो साहित्य सम्मेलनमा आफूलाई समान दृष्टिकोण राख्ने सहकारी भन्नेहरुको बक्रदृष्टि देख्दा अच्चम लाग्यो । कुनै राजनीतिक पार्टी वा व्यक्तिगत स्वार्थको लागि सहयोग उठाएको होइन बरु भाषा उत्थान र साहित्य विकासको लागि भएकोले सहयोग गर्न अप्ठ्यारो नमान्दा हुन्थ्यो भने हरिलाई मनमा लाग्यो । कुनै विपद् पर्दा के सहकारीले सहयोग गर्नु हुँदैन र ?! भनि उसको मनमा प्रतिप्रश्न उब्जियो । यस्तो पुण्य काममा बक्रदृष्टि राखेर सहयोग नगर्ने यस्ता समान दृष्टिकोण राख्ने सहकारीको आर्थिक सहयोग विना नै जनताको सहयोगले सभ्य र भव्य तरिकाले सम्पन्न भयो । एउटा सहकारीले सहयोग नगर्दैमा सफल नहुने हाईन तर त्यसप्रति त्यो सहकारीको दृष्टिकोण र भावना कस्तो छ भन्ने बुझ्ने एउटा मेसो पनि हो । यो कुरालाई मनन् गर्दै हरि सहकारीबाट फर्के ।
ग्वसाखल र त्यससंग सम्बन्धित विभिन्न पर्दा अगाडि र पछाडिका मानुभावहरुले सफलतापूर्वक तःमुज्या सम्पन्न गरेकोमा धन्यवादका पात्र हुन् भने हरिलाई लाग्यो । ति व्यक्तिहरु सम्मानयोग्य महानुभावहरु भएको भन्दै मनमनै सबैलाई धन्यवाद दियो ।
जनताको काममा भाँझो हाल्ने सहकारीले कुनै पनि संघसंस्थामा आर्थिक सहयोग गर्न नहुने ऐन, कानुन र निर्देशिका पालनाको कुरा गरी सहयोग गर्न इन्कार गर्छ । जबकि ऐन, कानुन र निर्देशिका विपरित सदस्यता दिने, ऋण दिने, कामै नगरी प्रबन्ध निर्देशक बनी तलब खाने, पदाधिकारीहरुले भत्ता खाने, नगरपालिकाको नक्सा पास ऐन, नियम र विनियम मिचेर संस्थाको संस्थागत भवन निर्माण गर्ने, अनियमित निर्माण गरी घर बनाउने कार्यले सहकारीहरु समस्यामा परिरहेको देखिन्छ । भक्तपुर नगरको कार्यक्षेत्र भएको सहकारीले नगर बाहिरका सयौं जना सदस्य बनाई तिनीहरुलाई ऋण समेत दिएर सहकारी दुबाइरहेको समाचारले कार्यवाहीको भागिदार हो भने उसलाई लाग्यो । तर असल नियतले काम गर्न चाहे समिति, उपसमितिहरुले एउटा बैठक भत्तामा मात्र सहयोग गरे पनि दशौं हजार हुन्छन् । सहकारीको सामाजिक कार्यक्रम अन्तर्गत वा सामुदायक विकास कोषबाट समेत सहयोग गर्न सकिने भएता पनि आमुल परिवर्तनको लागि जनताको काममा हेपाहा दृष्टि राख्ने सहकारी संस्थाले जनताको स्थानीय सरकार नगरपालिकाले पनि बहिष्कार गर्नुपर्छ र नगरपालिकामा बुझाउनुपर्ने सामुदायक विकास कोष नबुझाउने अनि ठूलो ठूलो कुरा गर्ने सहकारीलाई जनताले समेत बहिष्कार गर्नु उचित हुने, अझ त्यसका संचालक र प्रवन्धनिर्देशकलाईसमेत बहिष्कार आवश्यक रहेको मनमनै गुनगुनाउँदै आफ्नो बाटो लागे ।
धन्यवाद !