हल्ट प्राइजको अन–क्याम्पस प्रतिस्पर्धा नेपाल इन्जिनियरिङ कलेजमा


असोज १८, २०७७, आइतबार | दिउँसो ०३:४१ बजे | 25


पोखरा । पोखरा विश्वविद्यालयभरका बिधार्थीहरुले  प्रतिस्पर्धा गर्न पाउने गरि यस वर्ष हल्ट प्राइजको अन–क्याम्पस कार्यक्रम नेपाल इन्जिनियरिङ कलेजमा  हुने भएको छ। प्रत्यक वर्ष  हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर  हल्ट प्राइज आयोजना हुने गरेको छ। आगामी डिसेम्बरमा आयोजना हुन लागेको यस कार्यक्रम का लागि तयारी अगाडी बढिसकेको हल्ट प्राइज नेइकका क्याम्पस  निर्देशक निरज बिके ले जानकारी दिए। खाध सुरक्षा ,शुद्ध खानेपानी , शिक्षा , उर्जा को क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको  हल्ट प्राइज पÞmाउण्डेसनले यस वर्षका  लागि ‘राम्रोको लागि खाद्यः खानालाई परिवर्तनको लागि वाहनमा रूपान्तरण गर्न’होस्’

[[img2]]
“शिर्षकको चुनौती छनोट गरेको छ ।
बिद्यार्थीहरुले तीन देखि चार जनाको समूह बनाइ प्रतिस्पर्धामा भाग लिन पाउने र यस  चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने बिधार्थी समूह अघिल्लो  चरणको   क्षेत्रीय प्रतिस्पर्धाको लागि छनोट हुने  छन। एक बर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले  दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन। सन् २००९ मा शुरु भएको र पहिलो वर्षमा नै पच्चीस देशका एक हजार बिधार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा  अहिले विश्वका एक सय बीस देशका दुइ हजार भन्दा बढी विश्वविधालयका बिधार्थी हरुले भाग लिने गरेका छन। विधार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज ले बिधार्थीहरु लाई सामाजिक उधमी बन्न उत्प्रेरित गर्ने गरेको छ।  कोरना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइज नेइकका सबै कार्यक्रम कार्यक्रम वैकल्पिक माध्यम (अनलाइन) मार्फत संचालन गर्ने योजना रहेको हल्ट प्राइज नेइकका संचार प्रबन्धक रोबर्ट राज उपाध्यायले  बताए ।


फाेटाेमा हेर्नुहाेस्...

Comments