भक्तपुरमा चारजना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सम्मानित


कार्तिक १०, २०८०, शुक्रबार | विहान ०३:२६ बजे | 60


भक्तपुरमा चारजना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सम्मानित

भक्तपुर । जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, बरिष्ठ कार्टुनिष्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्विकामान मानन्धर सम्मानित भएका छन् । उनीहरु सवैलाई २५ हजार नगदसहित सम्मानित गरिएको हो । बिहीबारदेखि सुरु भएको ४३ औ नेपालभाषा साहित्य तःमुंज्यामा उनीहरु सम्मानित भएका हुन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उनीह्रुलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । दुईदिने तःमुंज्या शुक्रबारसम्म चल्नेछ । तःमुंज्या ल्योसिंख्य टोल भक्तपुरमा भइरहेको छ ।  

Comments