सकियो ६२ औं विराट नेपाल भाषा साहित्य सम्मेलन
कार्तिक ९, २०८०, बिहीबार | दिउँसो ०२:१९ बजे | 100
भक्तपुर ९ कार्तिक
रामचन्द्र प्रजापति
जातिय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ६२ औं विराट नेपाल भाषा साहित्य सम्मेलन विकुमः छें भक्तपुरमा विहीबार सम्पन्न भयो ।
वरिष्ठ कवि योगेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा प्रधानले जातीय परिचय र बर्चस्वको निम्ति राम्रो नराम्रो काम भएको छ, विभिन्न जात जातिको स्वाभिमान रहेको नेवा जाति हो।साहित्य राजनीति आर्थिक सांस्कृतिक रुपमा विराट गुथिले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथिबाट पूर्ण लुमन्ति पुरस्कार नेवा न्हयलुवा मल्ल के सुन्दरलाई नगद रु एक लाख र सम्मान पत्रवाट सम्मान गरियो । विराट सुरत्न पुरस्कार तथा प्रमाणपत्र राकेशमान मास्के (२०७८) अनिल स्थापित (२०७९) र नेपाल भाषा बिषयमा एस ई ई २०७९ मा उच्च जिपिए ल्याउन सफल विद्यार्थी निकेश बसि श्रेष्ठलाई पुरस्कार तथा सम्मान गर्नु भयो।कार्यक्रममा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिद्दारा प्रकाशित ह्याउँवाला विमोचन गर्नुभयो।
विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्मचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य वाचन कवितामा रामेश्वर श्रेष्ठ, अर्जुन महर्जन, सविना महर्जन, ज्ञानेन्द्ररत्न बज्राचार्य,
दिलकुमारी डंगोल, उर्मिला डंगोल, जितेन्द्र श्रेष्ठ रसिक, बसन्त नकर्मी, मिनर्वा शर्मा, जीवनपति श्रेष्ठ, मिमला शर्मा, सुरेश सैजु, पन्ति, सकुन्तला महर्जन त्यस्तै कथामा लक्ष्मीचन्द्र बज्राचार्य, रीता महर्जन ऋतु,रमेश मानन्धर, रेणु श्रेष्ठ, बाबुकाजी सुवाल, सुरेन्द्रलाल भुजु, हरिगोविन्द भोमि, दिव्या बज्राचार्य, राजेश्वरी राजोपाध्याय, बद्री बेदना लेखमा ओमनरहरी श्रेष्ठ, केनकुमार, कृष्ण प्रजापति, महर्जन रत्न र सुरेश प्रधानले वाचन गर्नुभएको थियो । गुथिका सचिव प्रदीपरत्न शाक्य, विराट गुथिका सल्लाहकार त्रिरत्न शाक्य कोषाध्यक्ष रामगोपाल चगुठी, सह सचिव सुलोचना सैजुलगायतले विराट गुथिबारे आ आफ्नो विचार राख्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...