मल्ल के सुन्दरलाई एक लाख नगदसहित पूर्ण वैद्य पुरस्कार


कार्तिक ९, २०८०, बिहीबार | दिउँसो ०१:२१ बजे | 50


मल्ल के सुन्दरलाई एक लाख नगदसहित पूर्ण वैद्य पुरस्कार

भक्तपुर । पहिलो विराट पूर्ण वैद्य पुरस्कार नेपालभाषा एकेडेमीका सह–उपकुलपति, इनाप साप्ताहिक पत्रिकाका सम्पादक, नेपाल सम्वत् र नेपालभाषा आन्दोलनका वरिष्ठ नेता एवं नेपालभाषाका वरिष्ठ साहित्यकार मल्ल के. सुन्दरलाई प्रदान गरिएको छ । विराट गुथिले विहीबार गरेको ६२ औं विराट नेपालभाषा साहित्य सम्मेलनमा मल्ललाई रू. १ लाख नगदसहित सम्मान गरेको हो । 
६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन कार्तिक ९ गते विहीबार विकुमःछें भक्तपुरमा भएको हो । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबनमा यो वर्ष सम्मेलन भएको हो । सम्मेलन बिहीबार राति नै सकिएको छ । सम्मेलनको उदघाटन दिउँंसो १२ बजे भएको थियो ।   

Comments

ताजा खबर