युद्धमा न्यायका शब्दहरु प्रवाह हुनेछ
कार्तिक ९, २०८०, बिहीबार | विहान ०६:२७ बजे | 45
रामकृष्ण प्रजापति
इजरायल र प्यालेष्टाइन युद्धमा न्यायका शब्दहरु प्रवाह हुनेछ्,
स्वाधिनता, स्वतन्त्रता र देश जोगाउने एउटा कवितामा ।
विभाजनमा जहाँ अतिक्रणकारी र देशभक्तिको टक्कर हुनेछ,
समाधान खोज्छु जहाँ मानव अधिकार हनन् विरुद्धको एकतामा ।
युद्ध, विनाश र निराशाको आँधीबेहरी हुनेछ,
मुटुमा घाउहरु पारेर आत्मालाई भारी बोकाउने मुर्खतामा ।
लडाइँ लडे, ज्यान गुमाए, वियोगान्तको संगित हुनेछ,
प्यालेस्ताइनीहरु अन्धरकारको बीच चिर्नेछ सत्यतामा ।
शान्ति, त्यो मन्द हावा शान्त आवाजको आशा हुनेछ
बन्धनका घाउहरु, सिलाएको मुटुहरु, मद्दत गर्दैछ समानतामा ।
बन्करको सुरक्षित स्थान, जहाँ स्वाधिनता फस्टाउनेछ,
प्यालेष्टाइनी, जीवित हुनुको बलियो प्रमाण दिने धृष्टतामा ।
युद्धको भुमरीमा, मुक्तिको लागि संघर्ष हुनेछ,
दिगो शान्तिको अँगालोमा पाउने सन्नतामा ।
भत्केको पुनःनिर्माण गर्न, घाइते आत्मालाई निको पार्नुछ,
समझादारीको पुल निर्माण गर्नुछ इन्जिनियरिङ्गको पूर्णतामा ।
सहानुभूति, करुणा र सुन्दरताको लागि प्रयास गर्नुछ,
वर्गभेद गर्ने सीमाहरु तोडी उभिनु छ न्यायदातामा ।
शान्तिको खोजीमा, वास्तविक मूल्य पाउनेछं,
साझा पृथ्वीको लागि पछाडि दौडिने मृत्युपत्रतामा ।
त्यसैले यो कविता हिंसाको होइन हतियारको आह्वान हुनेछ,
तर विचारको एकता, समझदारी र परोपकारीतामा ।
युद्धको अन्धकारको सामनामा, शान्ति हाम्रो मार्गदर्शक बनेछ्,
किनभने यसको अँगालोमा, साँच्चै फस्टाउनेछ मानवियतामा ।
प्यालेष्टाइन प्यालेष्टाइनी जनताको हुनेछ
अतिक्रमणकारी इजरायल पछार्नेछ विद्वतामा
प्यालेष्टाइन जनताले अवश्य न्याय पाउनेछ
दोषि इजरायल कठघरामा उभ्याउनेछ न्यायप्रेमी जनतामा ।