सकियो लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा


कार्तिक ४, २०८०, शनिबार | दिउँसो १२:५६ बजे | 50


सकियो लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा

भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिबाट संस्थाका बाल सदस्यहरुको सुमधुर बा“सुरी धुनका साथ पानसमा दीप प्रज्वलित गरी उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सरकार चलाउने ठुला दलहरुको लोभीपापी मनस्थितिले देश झनझन परनिर्भर हुदै गएको, ःऋऋ तथा क्एए जस्तो घातक सम्झौताहरु गर्दै गएको र केहि लाखको सानो भन्दा सानो वैदेशिक आर्थिक सहयोग समेत संघिय सरकारले लिने अवस्थाको सिर्जनाले देश कमजोर बन्दै गएको स्पष्ट पार्नु भयो । सहकारीले अध्ययन भ्रमणका अलावा पठन संस्कृतिको विकास गर्नमा टेवा पु¥याउनु पर्ने, युवा पुस्तालाई जिवनउपयोगी शिपमूलक तालिमहरु दिई नगर र देशलाई आत्मनिर्भर गर्दै लानुपर्ने बताउनु भयो । भक्तपुर नगरबासीको सहयोग तथा श्रमदान, योगदानबाट नै भक्तपुर आदर्श र उत्कृष्ट नगरको रुपमा अगाडी बढ्दै गएको चर्चा गर्दै सरकारको भेदभावपूर्ण व्यवहारले जनताहरु संघर्षशील र सजग भई रहनुपर्ने बताउनु भयो । जनताको सहयोगबाट अगाडी बढिरहेको ख्वप अस्पतालबाट निःशुल्क रुपमा अक्सिजन र रगत प्रदान गर्दै आएकोले थप सेवा तथा सुविधाको लागि सहकारीहरुबाट सहयोग हुने अपेक्षा समेत व्यक्त गर्नुभयो । 
साविक भनपा १५ वडाका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले सरकारको गलत नीतिका कारण जनताहरु विदेशी भुमिमा ज्यानको बाजी मारेर श्रम गर्न बाध्य रहेको बताउनु भयो । नेपालको शैक्षिक स्तरमा ह्रास आउनुको मुख्य कारण भागबण्डाको राजनीति र विद्यार्थीहरुलाई विदेशमा अध्ययन गराउन पठाउने परिपातिले देश अधोगतितर्फ जाने चिन्ता व्यक्त गर्नुभयो ।
भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीहरु सहकारीको मूल्य मान्यतामा संचालन हुनु पर्ने बताउनु भयो । नगरपालिकाले लागु गरेको देको मिवा इतापाके आवास योजनाले जनताको माग र भावनालाई सम्बोधन गरेको बताउनु भयो । साथै नगरपालिकाले नगर तथा वडामा गरेका विकास निर्माणबारे चर्चा गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा भनपा वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले भक्तपुरमा सहकारी क्षेत्रको सुधारका लागि नगरपालिकबाट नियमित रुपमा सहकारीको अनुगमन गर्दै आएको जानकारी दिनुभयो । 
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संघले सहकारी क्षेत्रमा देखिएका समस्याहरुबारे संस्थाहरुलाई सजग गर्दै लगेको बताउनु भयो । 
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका उपाध्यँक्ष विष्णुराम दुमरु र इन्द्रायणी साकोसका सचिव कृष्ण सुन्दर पक्काले शुभकामना मन्तव्य राख्नु भएको थियो । लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र सदस्य कमलश्वरी खर्बुजाले पनि बोल्नु भएको थियो । सोही अवसरमा संस्थाका जेष्ठ सदस्यहरु, माध्यामिक तह उत्तीर्ण विद्यार्थीहरु, असल बचतकर्ता, असल ऋणी तथा असल बालसदस्यहरुलाई पनि सम्मान गरियो भने संस्थाबाट आयोजित विभिन्न तालिमहरुका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रमको बिचबीचमा सा“स्कृतिक प्रस्तुतिहरु भएको थियो भने संस्थाको कुल सदस्यहरु मध्य ८३।२६ प्रतिशत सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा
सकियो लोकेश्वर साकोसको सोह्रैं बार्षिक साधारणसभा

Comments

ताजा खबर