भक्तपुरका सहायक सिडिओले भने ः चिनीको समस्या हामी समाधान गर्न सक्दैनौ


कार्तिक ४, २०८०, शनिबार | विहान ०२:२३ बजे | 30


भक्तपुरका सहायक सिडिओले भने ः चिनीको समस्या हामी समाधान गर्न सक्दैनौ

भक्तपुर । भक्तपुरमा बजार अनुगमनका क्रममा गत साउन यता ३ लाख १८ हजार २ सय रुपैंया जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक डोरेन्द्र निरौलाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको बजार अनुमनका क्रममा कैफियत भेटिएका पसलहरुलाई सो जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका र लेभव नभएका ४ लाख ४९ हजार १९७ रुपैंया बराबरको वस्तु जफत गरी नष्ट गरिएको सहायक प्रजिअ निरौलाले बताउनुभयो ।
आर्थिक वर्षको पहिलो दिन साउन १ गते कमलविनायकस्थित एक रासायनिक मल पसलमा अनुगमन गरी अवैध रुपमा बढी मूल्यमा विक्रि वितरण गरिरहेको १३९ बोरा विभिन्न प्रकारका मल जफत गर्नुका साथै एक लाख ७५ हजार जरिवाना गरेको जिल्ला प्रशासनले त्यस यता ९ वटा मासु पसल, पानी उद्योग २ वटा, डेरी र बेकरी ११ वटा, मिठाई पसल ७ वटा, फलफुल पसल ३ वटा, रेष्टुरेन्ट ३, खाद्यान्न, किराना पसल र मार्ट ३३ वटा गरी कुल ६९ वटा पसलहरुमा अनुगमन गरिएको निरौलाले जानकारी दिनुभयो ।
उनले चिनीको कृतिम अभाब भने जिल्ला तहबाट समाधान हुन नसक्ने बताए । यो राष्टिय समस्या भएको उनले सुनाए । 

Comments