सहकारीमा पैसा जम्मा गर्दा व्याजको लोभ नगर्न विजुक्छेंको सुझाब
असोज ३०, २०८०, मङ्गलबार | दिउँसो ०१:४१ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सहकारी संस्थामा पैसा जम्मा गर्दा व्याजको लोभ गरेर धेरै व्याज आउने सहकारीमा पैसा जम्मा नगर्न सुझाएका छन् । सिद्धि गणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको कमलविनायक भक्तपुरमा भएको २९ औ वार्षिक साधारणसभाको मंगलबार उदघाटन गर्दै यसरी व्याजको लोभ गर्दा सहकारी नै भागेर सावाँंसमेत नपाउनसक्ने पाइएको बताए । यसकारण स्थानीयले खोलेका सहकारीमा कम मात्रै व्याज भए पनि त्यस्ता सहकारीमा मात्रै पैसा जम्मा गर्न उनले सुझाब दिए ।
भक्तपुरकै सवैभन्दा वढी सदस्य संख्या रहेको यो सहकारीको साधारणसभा तीन छुटाछुटै स्थानहरुमा एकैदिन गरिएको थियो । भक्तपुरको कमलविनायकस्थित स्टार वैक्वेट, थुसाचास्थित महेश्वरी बैक्वेट र सूर्यविनायकस्थित शुभकामना वैक्वट गरी तीन छुटाछुटै पार्टी प्यालेसहरुमा गरिएको थियो । कमलविनायकमा पार्टी अध्यक्ष विजुक्छें, सूर्यविनायकमा पार्टी सचिव प्रेम सुवाल र थुसाचामा पार्टी केन्द्रिय सदस्य सुनील प्रजापतिको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।
यसैवीच साधारणसभाको १२ प्रतिशत लाभांस दिने निर्णय पारित भएको जनाइएको छ । संस्थाका विभागीय प्रमुख चन्द्रप्रसाद दुमरुले यो निर्णय कार्तिक २ गतेदेखि लागू गर्ने निर्णय भएको जनाए ।
फाेटाेमा हेर्नुहाेस्...