भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा गोरा निर्वाचित


असोज २९, २०८०, सोमबार | दिउँसो १२:३३ बजे | 95


भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा गोरा निर्वाचित

भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित भक्तपुर ट्रक व्यवसाय प्रालि) लिवाली भक्तपुरको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा सर्वसम्मत निर्वाचित भएका छन् । संघको सोमबार भक्तपुरमा भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत भएका छन् । यसअघि अधिवेशनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले गरेका थिए । अध्यक्ष गोरा यसअघिको कार्यकालमा पनि अध्यक्ष नै थिए । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा गोरा निर्वाचित

Comments

ताजा खबर