इको प्यानल नेपालले गरयो दसैंको शुभकामना आदानप्रदान कार्यक्रम
असोज २९, २०८०, सोमबार | विहान ११:५४ बजे | 45
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा कारखाना रहेको इको प्यानल नेपालले सोमबार कारखानामा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कम्पनीका लगानीकर्ता, कर्मचारी, शुभचिन्तकहरुलाई आमन्त्रण गरी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मुख्य लगानीकर्ताहरु इन्जिनियर कृष्णभक्त दुवाल, सुवोध त्रिपाठी, व्यवस्थापक विक्रम गोसाईलगायतका दर्जनौ कर्मचारीहरु सहभागी थिए । साथै कम्पनीका ब्राण्ड एम्वेसडर सन्दीप क्षेत्रीलगायतका विशिष्ट व्यक्तित्वहरु पनि कार्यक्रममा सहभागी थिए । औपचारिक कार्यक्रम नगरी कर्मचारीहरुलाई दिनभर खाजा खानाको व्यवस्थाका साथै मनोरञ्जन दिलाएर कार्यक्रम गरिएको थियो ।
इको प्यानल नेपालको कर्पाेरेट कार्यालय भने भक्तपुरकै सल्लाघारीमा रहेका छ । इको प्यानल नेपालले स्थायी तथा अस्थायी संरचना निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनको उत्पादन गर्दै आएको छ । हलुका, भूकम्पप्रतिरोधी, अग्नीप्रतिरोधीलगायतका कारण यसका उत्पादनहरु डिलरहरुमार्फत् देशभरि विक्रीवितरण हुँंदै आएको छ ।
फाेटाेमा हेर्नुहाेस्...